December 2nd, 2016

कहीँ पैसा लिन लाइनमा रोकिँदै, कहीँ पैसा तराजुमा जोखिँदै  

venezuela-02नवराज कुँवर – भारतमा एटीएम बूथ अगाडि मानिसहरुको लामो लाइन छ । उता भारतभन्दा करिब १४ हजार किलोमीटर टाढा दक्षिण अमेरिकी देश भेनेजुएलामा मानिसहरु एटीएमबाट निकालेर झोलामा भरि–भरि नोट लगिरहेका छन् र त्यो पैसाबाट उनीहरु आवश्यकताअनुसारको सामान्य सामान पनि खरिद गरिरहेका छन् । यस्तो खबर पनि छ कि भेनेजुएलाका धेरै ठाउँमा नोट गनेर नभई तौलिएर लगिँदैछ । त्यहाँको मुद्राको मूल्य लगातार घटिरहेकाले यस्तो भईरहेको छ ।

पहिलो नम्बर, सन् २०१६ मा एक डलरको मूल्य १५६७ बलिवरको बराबर थियो जुन २८ नोभेम्बरमा करिब ३५०० बलिवरसम्म पुगिसकेको छ । बलिवरको गिरावट कसरी भईरहेको छ भन्ने कुरा यहीँबाट पनि अनुमान गर्न सकिन्छ कि आधिकारिक रुपले एक डलरको मूल्य दस बलिवरको बराबर छ । प्रश्न उठेको छ कि भेनेजुएलाको मुद्रामा यसरी किन गिरावट आइरहेको छ ? 

अहिले कोही पनि भेनेजुएली नागरिक बलिवर नोटलाई आफुसँग राख्न चाहाँदैनन् । उनीहरु जसरी हुन्छ यसभन्दा कैयौँ गुणा ज्यादा स्थितर मुद्रा, डलरसँग साटेर लिन चाहान्छन् । यसकारण भेनेजुएलामा पछिल्ला दिनहरुमा डलरको माग लगातार बढिरहेको छ । भेनेजुएलामा तीन करोडको स्वतन्त्र आर्थिक संकट सन् २०१४ मा त्यतिबेला सुरु भयो जब अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य दुई तिहाइले कम हुन पुग्यो । यसबाट मुलुकको आम्दानी कम भयो । किनकी भेनेजुएला संसारकै सबैभन्दा बढी तेल भण्डार गर्ने देश हो तर गएको दुई सालदेखि तेल बिक्री हुने आम्दानीमा करिब ४० प्रतिशत कम भएको छ । 

venezuelaआम  भेनेजुएली जनताहरु खान पिउनकै समस्यामा गुज्रिरहेका छन् । सामान्य औषधीका लागि उनीहरुलाई हजारौँको नोट खर्च गर्नुपरेको छ । अहिलेसम्म त भेनेजुएलाका आम जनता सरकारी राशन पसलहरुमा निर्भर छन् तर सरकारी पसलहरुमा पनि सामानको कमी हुन थालेको छ ।  अहिले नै त्यहाँ कच्चा तेलको मूल्यमा बृद्धि भएन भने भेनेजुएलाको संकट समाधानको अर्को कुनै उपाय देखिएको छैन । 

केही विश्लेषकहरुले चीनले भेनेजुएलालाई मद्दत गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । भेनेजुएलाको तेल खानीमा सबैभन्दा बढी ठेक्का चिनियाँ कम्पनीहरुलाई नै दिइएको छ । यद्यपी अहिलेसम्म चीनले भेनेजुएलाको आर्थिक संकट समाधानका लागि कुनै पहल गरेको छैन ।  

कुरा भारतीय एटीएम बूथबाट सुरु भएको थियो, उता भेनेजुएलामा पनि मानिसहरुलाई एटीएमबाट राहत मिलिरहेको छैन । किनभने मानिसहरु जुन रफ्तारमा पैसा निकालिरहेका छन् त्यसपछि एटीएम दुईदेखि तीन घण्टाको बीच खालि भईरहेको छ र फेरी त्यसमा पैसा राख्न पनि समस्या भईरहेको छ । (बीबीसी हिन्दीबाट अनुवादित)