१. स्वैच्छिक तथा खुला सदस्यता (Voluntary and Open Membership):
सहकारी स्वैच्छिक संगठन हो । यसबाट प्राप्त हुने सेवा, सुविधाहरू उपभोग गर्न र सदस्यताको उत्तरदायित्व बहन गर्न स्वीकार गर्नेहरूका लागि लिङ्ग, सामाजिक, जातिय, राजनैतिक वा धार्मिक भेदभावविना सदस्यता खुला रहन्छ ।
२. सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण (Democratic Member Control) :
सदस्यहरूद्वारा नियन्त्रित प्रजातान्त्रिक संस्था नै सहकारी हो । यसका सदस्यहरू नीति निर्धारण र निर्णय गर्न सक्रिय रूपमा सहभागी हुन्छन् । निर्वाचित महिला वा पुरुष प्रतिनिधिहरू सदस्यहरूप्रति जवाफदेही हुन्छन् । प्रारम्भिक सहकारी संस्थाका सदस्यहरूमा एक सदस्य एक मतको आधारमा समान मताधिकार निहित हुन्छ । साथै अन्य तहका सहकारीहरू पनि प्रजातान्त्रिक आधारमै गठन गरिन्छन् ।
३. सदस्यहरूद्वारा आर्थिक सहभागिता (Member’s Economic Participation) :
सहकारीको पूँजी उपर यसका सदस्यहरूको न्यायिक अथवा समान सहभागिता र प्रजातान्त्रिक नियन्त्रण हुन्छ किनभने कम्तीमा उक्त पूँजीको केही भाग विशेष रूपले सदस्यहरूकै साझा सम्पत्ति हुन्छ । सदस्यहरूले सहकारीबाट केही बचत भए साधारणतयाः सीमित रूपमा सदस्यता वापत लाभांश प्राप्त गर्दछन् । सदस्यहरूले बचतलाई विशेष गरी सहकारी विकासका लागि सञ्चित कोष स्थापना गरेर (यसको निश्चित अंश अविभाज्य हुन्छ) सहकारीसँग गरेको कारोबारको आधारमा अंशको आधारमा सदस्यहरूलाई लाभ पु¥याउन र सदस्यहरूले निर्धारण गरेको अन्य कार्यहरूलाई सहयोग गर्न विनियोजन गरेका हुन्छन् ।
४. स्वायत्तता र स्वतन्त्रता (Autonomy and Independence) :
सहकारी स्वायत्त, स्वावलम्बी र सदस्यहरूद्वारा नियन्त्रित संगठन हो । सरकार तथा अन्य निकायसित कुनै सम्झौता गर्नुपरेमा उनीहरूले सदस्यहरूबाट हुने प्रजातान्त्रिक नियन्त्रण र स्वायत्ततामा आँच नआउने शर्तमा गर्दछन् ।
५. शिक्षा, तालिम र सूचना (Education, Traning and Information) :
सहकारीले आफ्ना सदस्य, निर्वाचित प्रतिनिधि र कर्मचारीलाई शिक्षा तथा तालिम प्रदान गर्दछ यसले गर्दा उनीहरू प्रतिनिधिमा निर्वाचित भई तथा प्रबन्धक र कर्मचारीमा नियुक्त भई सहकारीको विकासका निमित्त प्रभावकारी योगदान पु¥याउन सक्षम हुन्छन् । उनीहरू सर्वसाधरण जनता विशेष गरी तरुण पुस्ता र वैचारिक नेताहरूलाई सहकारीको प्रकृति तथा लाभबारे सुसूचित गर्न सक्षम हुन्छन् ।
६. सहकारीबीच पारस्परिक सहयोग (Cooperation among Cooperative) :
सहकारीले आफ्ना सदस्यहरूलाई प्रभावकारी तवरले सेवाहरू उपलब्ध गराउँदछन् । सहकारी आन्दोलनको सुदृढीकरणका लागि स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकारिताको माध्यमद्वारा परस्पर मिलेर काम गर्दछन् ।
७. समुदायप्रति चासो (Concern for Community) :
सदस्यहरूद्वारा निर्धारण गरिएका नीतिहरूको आधारमा सहकारीले समुदायको दिगो विकासका लागि काम गर्दछ ।