September 23rd, 2024

सहकारीका मूल्यहरू

(क) आधार मूल्यहरू
आधार मूल्यहरू मूलतः सहकारी सदस्यहरूबीचको सम्बन्ध कायम गर्ने आन्तरिक प्रकृतिका देखिन्छन् ।
(१) आत्म–सहयोग
सहकारीका सदस्यहरूले स्वावलम्बनमा विश्वास गर्दछन् । परमुखापेक्षी सोचले सहकारी संस्थाको स्थापना गरिएको हुँदैन ।
(२) स्व–उत्तरदायित्व
आफ्नै आव्हानमा जिम्मेवारी लिनु पर्दछ भन्ने विश्वास स्व–उत्तरदायित्वको मूल्य हो ।
(३) प्रजातन्त्र
सदस्यहरूको निर्णय प्रक्रियामा सक्रिय सहभागिता रहने प्रजातान्त्रिक विधि नै सङ्गठनका आर्थिक सामाजिक क्रियाकलापहरूलाई सुव्यवस्थित गर्ने सर्वोत्तम विधि हो ।
(४) समानता
सदस्यहरूबीच भेदभावरहित व्यवहार गरिनु पर्दछ । सदस्यहरूबीच समानता नभएको अवस्थामा संगठनको विकास हुन सक्दैन ।
(५) न्याय
सहकारीका सदस्यहरूले कसैलाई मर्का पारी फाइदा लिनु हँुदैन भन्ने विश्वास गर्दछन् । न्याय भन्नाले शोषण विहिन आर्थिक सम्बन्धहरू प्रवद्र्धन गर्ने मूल्य हो ।
(६) ऐक्यवद्धता
एक्यवद्धता भन्नाले सदस्यहरू बीचको एकता मािथको विश्वास हो । समान आंकाक्षा राख्ने सदस्यहरू एकजुट भएर प्रयास गरेको खण्डमा आफ्नो आंकाक्षा साकार पार्न सक्दछन् ।
(ख) नैतिक मूल्य
नैतिक मूल्यहरू विशेषतः सहकारी संगठन र समाजबीचको सम्बन्धसँग गाँसिएको देखिन्छन ।
(१) इमान्दारिता
गैरसदस्य र समुदायलाई नछल्ने मूल्य नै इमान्दारिताको मूल्य हो । सहकारीले स्वभावैले देशको कानून पालना गर्दछन् र तिनका क्रियाकलापहरू छर्लङ्ग हुन्छन् ।
(२) खुलापन
खुलापनको मूल्य वस्तुतः स्वतन्त्रताको मूल्य हो । सहकारीहरूको सेवा उपयोग गर्नेहरूका लािग पनि संस्थाको सदस्यता सधैं खुला रहन्छ भने सदस्यता त्याग गर्न चाहने सदस्यले पनि जुनसुकै बेला संस्था छाड्न
सक्छन् ।
(३) सामाजिक उत्तरदायित्व
सहकारी संस्थाहरूले सामाजिक उत्तरदायित्व ग्रहण गर्दछन् । समाजको इकाईको रूपमा जुनसुकै सङ्गठनको समाजप्रति जिम्मेवारी रहन्छ । सो जिम्मेवारी पूरा नगर्ने सङ्गठन समाजग्राह्य हुँदैन ।
(४) अरुको हेरचाह
सहारीका सदस्यहरूले सम्भव भएसम्मका उपायहरूद्वारा समाजका अरु सदस्यहरूको समेत भलो गर्न खोज्दछन् ।