Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाको १४ खर्ब ३० अर्ब बराबरको निक्षेप सुरक्षण

admin २०८१ आश्विन ६ गते
सेयर:


बैंकिङ खबर/ निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थामा रहेको १४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको निक्षेपको सुरक्षण गरेको छ । कोषले गत आर्थिक वर्ष २०८०/८१ मा चार करोड ५७ लाख ५ हजार ५७९ निक्षेपकर्ता सो रकम बराबरको निक्षेप सुरक्षण गरेको हो ।

कोषले आव २०७९/८० मा १२ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेपको सुरक्षण गरेको थियो । आव २०७८/७९ मा ८ खर्ब ७९ अर्ब, आव २०७७/७८ मा ८ खर्ब ११ अर्ब, आव २०७६/७७ मा ६ खर्ब ८९ अर्ब र आव २०७५/७६ मा ६ खर्ब ३ अर्ब निक्षेपको सुरक्षण गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर सञ्चालन भएका बैंक तथा वित्तीय संस्था रहेको निक्षेपकर्ताको बढीमा पाँच लाख रुपैयाँसम्मको निक्षेपको कोषका स्वत : सुरक्षण हुने व्यवस्था छ । सुरुवातमा कोषले निक्षेपकर्ताको २ लाख रुपैयाँसम्मको निक्षेपको सुरक्षण गर्ने व्यवस्था थियो । पछि यसलाई बढाएर ३ लाख रुपैयाँ बनाइयो । २०७९ साल देखि भने कोषले अनिवार्य रुपमा पाँच लाख रुपैयाँसम्मको सुरक्षण गर्नुपर्ने व्यवस्था बनाइएको हो ।

कोषमा हाल २१ वटा बाणिज्य बैक, १७ वटा विकास बैक, १६ वटा वित्त कम्पनी, दुई वटा लघुवित्त कम्पनी गरी ५६ वटा बैक तथा वित्तीय संस्थाहरू निक्षेप सुरक्षणका लागि आबद्ध भएका छन् ।

निक्षेपको सुरक्षण गरे बापत बैंक तथा वित्तीय संस्थाले सुरक्षण हुने निक्षेपको ०.१६ प्रतिशत वार्षिक शुल्क कोषलाई बुझाउनु पर्नेछ । यस मध्ये प्रत्येक त्रैमासको पहिलो महिनाको १० गते भित्र ०.४ प्रतिशतका दरले अग्रिम रुपमा संस्थाले सुरक्षण शुल्क बुझाउनु पर्नेछ ।

कोषले बैक तथा वित्तीय संस्थाले प्रदान गरेका विभिन्न शीर्षकको कर्जा मध्ये करिब तीन खर्ब कर्जाको सुरक्षण गरेको छ । कोषको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कोषका आबद्ध बैक तथा वित्तीय संस्थाका १५ लाख १६ हजार ४४२ ऋणीको दुई खर्ब ९७ अर्ब रुपैयाँ ऋणको सुरक्षण भएको छ ।

कोषले आव २०७९/८० मा दुई खर्ब ७४ अर्ब कर्जाको सुरक्षण गरेको थियो । आव २०७८/७९ मा दुई खर्ब ६४ अर्ब, आव २०७७/७८ मा एक खर्ब २५ अर्ब, आव २०७६/७७ मा ६२ अर्ब र आव २०७५/७६ मा २५ अर्ब रुपैयाँ कर्जाको सुरक्षण गरेको थियो ।

कोषले पशु, लघु तथा विपन्न, कृषि, साना तथा मझौला, शैक्षिक, निर्यात तथा सहुलियतपूर्ण कर्जाको कोषको सुरक्षा गर्दे आएको छ । जसमध्ये गत आवमा कोषले १० हजार ६१ पशुधन ऋणीको ६० करोड ४१ लाख रुपैयाँ बराबरको कर्जाको सुरक्षणको गरेको छ । लघु तथा विपन्न कर्जा लिएका १४ लाख १२ हजार ५३० ऋणीको दुई खर्ब २९ अर्ब रुपैयाँ बराबरको कर्जाको सुरक्षण गरेको छ ।

त्यस्तै, कृषि कर्जा लिएका १३ हजार ४०४ ऋणीको १४ अर्ब १५ करोड रुपैयाँ बराबरको कर्जाको सुरक्षण गरेको छ भने साना तथा मझौला कर्जा लिएका ६ हजार १९२ ऋणीको १४ अर्ब २९ करोड रुपैयाँ बराबरको कर्जाको सुरक्षण गरेको छ । सहुलियतपूर्ण कर्जा लिने ७४ हजार २५५ ऋणीको ३८ अर्ब ७२ करोड रुपैयाँ बराबरको सुरक्षण गरेको छ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।