August 7th, 2024

लगातार बढ्दै डलरको भाउ : फेरि बन्यो सर्वाधिक महंगो

बैंकिङ खबर/ अमेरिकी डलरको भाउ झन्–झन् उच्च हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महंगो बनेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ। हिजो पनि बढेर उच्च रेकर्ड बनाएको अमेरिकी डलरले आज फेरि अर्को रेकर्ड कायम गरेको हो। मंगलबार अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा थियो।

यसरी बन्यो अमेरिकी डलर विश्वकै शक्तिशाली मुद्रा

अमेरिकी क्रान्तिको सुरुवातमा तथा सोभन्दा पहिले अमेरिकामा इंगलिस, स्पेनिस र फ्रेन्च करेन्सी प्रयोग हुने गथ्र्यो । सन् १६९० ताका मासाचुसेट्सको बे कोलोनीले पहिलो पटक कागजी मुद्रा छपायो । उक्त मुद्रा सन् १७७५को क्रान्तिकारी युद्धमा वित्तीय सहयोग गर्नका लागि कन्टिनेन्टल कंग्रेसले प्रयोग गर्यो । द्धन्द्धको अन्त्यसँगै उक्त मूद्राको अवमूल्यन भयो ।

सन् १७८१मा कन्टिनेन्टल कंग्रेसले फिलाडेल्फियामा बैंक अपस् नर्थ अमेरिकाको स्थापना गर्यो । उक्त बैंक अमेरिकाको पहिलो औपचारिक बैंक थियो, जसको स्थापनाको एकमात्र उद्देश्य थियो, क्रान्तिकारी द्धन्द्धका लागि वित्तीय सहयोग जुटाउनु । यो बैंक पनि द्वन्द्व समाप्त भएपछि टिक्न सकेन ।

१७८५ मा कन्टिनेन्टल कंग्रेसले डलरलाई राष्ट्रिय मुद्राको रुपमा प्रचलनमा ल्यो । त्यो समयमा विभिन्न निजी बैंकहरुले थुप्रै किसिमका मुद्राहरु छाप्ने गरेका थिए ।

सन् १७८९ मा संविधान बनेसँगै पुनः बैंकको आवश्यकता महशूस गरियो र कन्टिनेन्टल कंग्रेसले संयुक्त राज्यकै पहिलो बैंक स्थापना गर्यो । उक्त बैंकलाई नोट छपाईको अधिकार प्रदान गरियो, जसले मुद्रा छपाईँको विषयमा भएको अन्यौलता हटायो र व्यापार तथा कारोबारमा सहजता ल्यायो । सोही बैंकले संयुक्त राज्य कोषको वित्तीय एजेन्टको रुपमा र मुलुकको केन्द्रीय बैंकको रुपमा काम गर्न थाल्यो ।

यूएस मिन्टको सुरुवात

सन् १७९२मा संघीय मौद्रिक प्रणालीको स्थापना भयो जसले पिस्लाडेल्फियामा यूएस मिन्टको सुरुवात गर्यो । सन् १८१६ मा अमेरिकाको दोस्रो बैंकको स्थापना भयो । १८३६ सम्ममा थुप्रै निजी बैंकहरुले ३० हजारभन्दा बढी प्रकारका कागजी नोट छपाए ।

यसले विनिमयमा अन्यौलता ल्यायो भने कारोबारमा समस्या सृजना गर्यो । सन् १८६१ को सिभिल वारमा डिमाण्ड नोटको रुपमा कागजी मुद्रा छपाउने अधिकार कंग्रेसले केन्द्रीय बैंकको रुपमा काम गरिरहेको बैंकलाई दियो । सन् १८६२ मा उत्तस् डिमाण्ड नोटलाई युनाइटेड स्टेट्स नोटले विस्थापित गर्यो ।

त्यसपछि, संयुक्त राज्यको कोषको सेक्रेटरीलाई निजी बैंकहरुले छपाएको मुद्रालाई बन्द गर्न कंग्रेसले सघायो । ती नोटहरुलाई बन्द गर्ने व्यवस्था मिलाउन ६ वटा ट्रेजरी डिपार्टमेन्टका कर्मचारीहरुको श्रम खर्च भएको थियो ।

सन् १८६३ मा अमेरिकी मुद्राको डिजाइन तयार गरियो । सन् १८६५मा ट्रेजरी डिपार्टमेन्टले सुनको मुद्राको सट्टामा गोल्ड सर्टिफिकेट जारी गर्यो, जुन १९३३ सम्म चल्यो । ट्रेजरी डिपार्टमेन्टले विरोधलाई नियन्त्रण गर्न युनाइटेड स्टेट्स सिक्रेट सर्भिसको स्थापना गर्यो । सो समयमा, चल्तीमा एकतिहाई मुद्राको विरोध हुने अनुपान गरिएको थियो ।

राष्ट्रिय बैंक नोटको सुरुवात

सन् १८६६ मा अमेरिकी सरकारको सुरक्षामा जारी गरिएको राष्ट्रिय बैंक नोटले प्रभाव जमायो । यो समयमा बैंक निक्षेपको ७५ प्रतिशत हिस्सा राष्ट्रिय स्तरका बैंकहरुले ओगटेका थिए । यो समयसम्ममा राज्यस्तरका बैंक नोटहरु बन्द भइसकेकाले केही समयका लागि मुद्राको भाउमा स्थीरता देखियो ।

सन् १८७७ देखि ट्रेजरी डिपार्टमेन्टको इन्ग्रेभिङ एण्ड प्रिन्टिङ ब्युरोले सबै अमेरिकी मुद्रा प्रकाशन गर्न थाल्यो । सन् १८७८ मा ट्रेजरी डिपार्टमेन्टलाई सिल्भर डलर साट्नका लागि सिल्भर सर्टिफिकेट बनाउने जिम्मेवारी सुम्पियो, जुन सन् १९५७ सम्म चल्यो ।

१८९३ र १९०७ मा भएको वित्तीय संकटपछि १९१३ मा पस्डेरल  रिजर्भ एक्ट पारित भयो । यसले पस्डेरल रिजर्भ सिस्टमलाई मुद्रा प्रवाह तथा आर्थिक स्थीरता र वृद्धिका लागि कर्जाको नियमन गर्नका लागि मुलुकको केन्द्रीय बैंकको रुपमा खडा गर्यो ।

यो सिस्टमलाई पस्रेडरल रिजर्भ नोट प्रकाशन गर्ने अधिकार पनि दियो । हाल, अमेरिकामा चल्तीमा रहेका मुद्राको ९९ प्रतिशत हिस्सा पस्डेरल रिजर्भ नोटले ओगटेको छ भने पस्डेरल रिजर्भले मात्रै मुद्रा छपाईको अख्तियारी पाएको छ ।

२० औँ शताब्दीको अन्त्यमा सेक्युरिटी थ्रेडको सुरुवात

२० औँ शताब्दीमा प्रवेश गरेसँगै अमेरिकी मुद्रामा स्थीरता आइसकेको थियो । यद्यपि, मुद्राको डिजाइनहरुमा भने समयसमयमा सामान्य परिवर्तनहरु भए । सन् १९२९ मा मुद्राको आकारलाई २५ प्रतिशत घटाइयो र अगाडी फोटो र पछाडी स्मारक रहने गरी एक निश्चित डिजाइनमा ल्याइयो ।

सन् १९५७ मा पहिलोपटक कागजी मुद्रा जारी गरियो जसमा इन गड वी ट्रष्ट अर्थात भगवानमाथि हाम्रो भरोसा लेखिएको थियो । १९६३ र त्यसपछिका मुद्राहरुमा पनि सो भनाई राखिएको थियो ।

नक्कली नोट छपाईलाई बन्द गराउन सन् १९९० मा सेक्युरिटी थ्रेड तथा माइक्रोप्रिन्टिङको सुरुवात गरियो । १९९० देखि ५० र २० डलरका नोटमा यस्तो सेक्युरिटी राखिएको थियो । पछि, १९९३ देखि एक डलरबाहेक सबै दरका नोटमा यस्तो फिचर राख्न थालियो ।

नयाँ दरका नोट छपाउने भन्दै सन् १९९४ मा ट्रेजरी डिपार्टमेन्टले मुद्राको पुनः डिजाइन गर्यो । नयाँ डिजाइनको एक सय डलरको नोट सन् १९९६ मा सुरु भएको थियो भने ५० को १९९७ मा र २० को १९९८ मा सुरु भएको थियो । सन् २००० मा पाँच र १० डलर दरका नोटको पुनः डिजाइन गरियो र नोटहरुलाई थप सुरक्षित बनाइयो ।

यसरी, सन् १८६३ फेब्रुअरी २५ मा तत्कालीन राष्ट्रपति अब्राहम लिंकनद्धारा नेशनल बैंकिङ एक्टमा हस्ताक्षर गरि अमेरिकी इतिहासमा पस्डेरल डलर छपाइका लागि मार्ग प्रशस्त गरिएको थियो । सोही मुद्रा आज आएर संसारकै शक्तिशाली मुद्रामध्येको एकका रुपमा चल्तीमा रहेको छ । अमेरिकी डलर आज अमेरिकामा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा नै प्रयोगमा आउने गरेको छ ।