बैंकिङ खबर/ बैंकिङ सेवा लिन, घरजग्गा कारोबार गर्न तथा अधिकांश सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । गृह मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै माघ १ गतेदेखि लागु हुने गरी राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको हो।
हालसम्म नागरिकताको प्रमाणपत्रका आधारमा सेवा प्राप्त हुँदै आएकामा अबदेखि राष्ट्रिय परिचयपत्र चाहिने भएको हो । सूचना अनुसार राजस्व सम्बन्धी अर्थात् व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र सम्बन्धी, कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी, बैंकिङ तथा वित्तीय सेवा सेवा सम्बन्धी, टेलिफोन तथा सिमकार्ड सम्बन्धी, सामाजिक सुरक्षा कोष सम्बन्धी र घरजग्गा किनबेच सम्बन्धी काम गर्न देशैभर लागु हुने गरी राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।
यसैगरी सामाजिक सुरक्षा भत्ता सम्बन्धी, स्वास्थ्य बिमा सम्बन्धि र निवृत्तिभरणसम्बन्धि सेवामा काठमाडौंसहित २८ जिल्लामा साउन १ गतेदेखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । यी सेवाका लाग थप ३८ जिल्लामा माघ १ देखि र बाँकी ११ जिल्लामा २०८२ साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
राष्ट्रिय परिचयपत्र भनेको के हो ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक (Demographic) तथा जैविक (Bio metric) विवरण समाबेस भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो।
राष्ट्रिय परिचयपत्र किन आवश्यक छ ?
परिचयपत्र लागु भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवासुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथाव्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ । राष्ट्रिय परिचयपत्रका लागि कुन कुन कागजातहरु आवश्यक पर्दछन् ?
नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा)
विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित/ नाता प्रमाणितको सक्कल प्रमाणपत्र ।
नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा)
विवरण पुष्टि हुने अन्य कागजातहरु
राष्ट्रिय परिचयपत्र पाउन कस्तो योग्यता चाहिन्छ ?
१६ वर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्छन् ।
नावालकले पनि राष्ट्रिय परिचयपत्र प्राप्त गर्छन ?
हाललाई पहिलो चरणमा नागरिकताको प्रमाणपत्रको आधारमा मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।दोश्रो चरणमा नावालक, गैर आवासिय नेपाली (NRN) र निश्चित समय नेपालमा बसोबास गर्ने विदेशी नागरिकले समेत पहिचान सहितको राष्ट्रिय परिचयपत्र पाउनेछन् । दोश्रो चरणको शुरुवात गर्नु अघि सार्वजनिक सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिने छ ।
राष्ट्रिय परिचयपत्र कसरी प्राप्त गर्न सकिन्छ ?
नेपाली नागरिकता प्राप्त व्यक्तिले जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसन रहेका ईलाका
प्रशासन कार्यालय वा आफ्नो वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन भएको बेलामा आफ्नो वडामा
गई विवरण दर्ता गराउन सकिन्छ । यसरी विवरण संकलन पछि राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिन्छ ।
अनलाईनबाट फाराम कसरी भर्ने ?
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेवसाइट https://donidcr.gov.np मा रहेको राष्ट्रिय परिचयपत्र
अनलाईन आवेदनमा गई त्यहाँ दिईएको निर्देशन अनुसार फाराम भर्न सकिन्छ।
राष्ट्रिय परिचयपत्रमा कस्ता कस्ता विवरण राखिन्छ ?
यदि कुनै व्यक्तिको हातको एक वा सबै औंला नभएमा, दृष्टिविहिन भएकाहरुको राष्ट्रिय परिचयपत्रका लागि
जैविक विवरण संकलन गरिन्छ कि गरिदैन ?
राष्ट्रिय परिचयपत्र बनाउन जैविक विवरणहरु संकलन गर्दा यदि कसैको हातको केही वा सबै औला नभएमा, दृष्टिविहिन भएमा कैफियत जनाई जैविक विवरण दर्ता गरिन्छ।
नागरिकतामा जन्म मिति नखुलेमा राष्ट्रिय परिचय पत्रमा कसरी जन्म मिति कायम गरिन्छ ?
राष्ट्रिय परिचयपत्र बनाउदा नागरिकतामा जन्म मिति स्पष्ट नभएमा वा नखुलेमा शैक्षिक प्रमाण पत्र, पेन्सन पट्टा
वा राहदानी जारी गर्दाको मिति, वा नागरिकता जारि गर्दाको मितिलार्इ आधार मानी जन्म मिति कायम
गरिन्छ। जस्तै नागरिकतामा उमेर १६ वर्ष र जारी मिति २०२६ असार १८ छ भने राष्ट्रिय परिचयपत्रमा जन्म
मिति २०१० असार १८ गते राखिन्छ वा शैक्षिक प्रमाणपत्र, राहदानी, पेन्सन पट्टामा असार १८ भन्दा पछिको
मिति रहेछ भने त्यसको आधारमा जन्म मिति कामय गरिन्छ।
नागरिकतामा पतिको थर नभएको तर राष्ट्रिय परिचयपत्रमा भने पतिको थर राख्न खोजे मिल्छ कि मिल्दैन ?
नागरिकतामा पतिको थर छैन भने राष्ट्रिय परिचयपत्रमा पतिको थर राख्न मिल्दैन । यदि पतिको थर राखेर नै
परिचयपत्र बनाउने हो भने पहिला नागरिकता संशोधन गरी पतिको थर राखेपछि मात्र राष्ट्रिय परिचयपत्रमा
पतिको थर राख्न सकिन्छ ।
कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगाएतका सामाग्री/गहना लगाई फोटो खिच्न मिल्छ कि मिल्दैन ?
राष्ट्रिय परिचयपत्र कार्यविधि २०७८ को दफा १६ (ग) र (घ) अनुसार कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का,
क्यापलगाएतका सामाग्री लगाएर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न मिल्दैन। किनकी त्यस्ता
सामाग्री/गहना लगार्इ फोटो खिच्दा अन्तराष्ट्रिय मापदण्ड अनुसारको आकार र गुणस्तरको फोटो खिच्न नसकिने
र अनुहार/मुखाकृती समेत अस्पष्ट हुनसक्ने भएकाले कुनै पनि कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगाएतका
सामाग्री/गहना नलगाई फोटो खिच्नुपर्ने हुन्छ।
राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्दा हालको स्थायी ठेगाना नागरिकतामा भएको ठेगाना भएमा फरक भएमा के गर्ने ?
नागरिकताको भन्दा फरक स्थायी ठेगाना भएमा त्यो ठेगाना प्रमाणित गर्ने सरकारी कागजात जस्तै : बसाइ सराइको प्रमाणपत्र वा बसोबास प्रमाणित कागजका आधारमा ठेगाना कायम गर्न सकिन्छ । तर स्थानीय तहको पुनसंरचना कारण परिवर्तन भएको ठेगानाको हकमा त्यस्तो प्रमाणपत्र वा कागजात नभएपनि नयाँ ठेगाना कायम गर्न सकिन्छ ।
सरकारी सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र पेस गर्नै पर्छ ?
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकासन गरी तोकिएका मिति देखि राष्ट्रिय परिचयपत्र लागु गर्ने
सूचना प्रकाशन गरेपछि राष्ट्रिय परिचयपत्र लागु हुन्छ। राष्ट्रिय परिचयपत्र लागु पश्चात राज्यबाट प्रदान गरिने
कुनैपनि सेवा सुविधा जस्तैः राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न,
सम्पत्ति खरिद विक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न, बैंकमा खाता खोल्न तथा कारोवार गर्न वा त्यस्तो सेवा
सुविधाको माग गर्दा, मोबाइलको सिमकार्ड लिन परिचयपत्र पेश गर्नुपर्नेछ।
राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा तेस्रो व्यक्तिले उसका बारेमा सबै जानकारी लिई त्यसबाट फाईदा
लिन सक्छ ?
राष्ट्रिय परिचयपत्रमा राखिएका सबै जानकारी सबै व्यक्तिले हेर्न सक्दैनन। राष्ट्रिय परिचयपत्रका लागि संकलन
भएका विवरण, तथ्यांक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गोप्य राखेको हुन्छ। विशेष अबस्थामा
बाहेक यस्ता विवरण विभागले अन्य कुनै निकायलाई उपलव्ध गराउदैन।
राष्ट्रिय परिचयपत्र नम्बर भनेको के हो ?
प्रत्येक व्यक्तिको पहिचानको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्रदान गरिने १० अंकको
नदोहोरिने युनिक नम्बरलाई नै राष्ट्रिय परिचयपत्र नम्बर भनिन्छ।
राष्ट्रिय परिचयपत्र नम्बर कसरी प्राप्त गर्न सकिन्छ ?
राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्टेशनमा गई आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराएपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिन्छ। जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयहरुका स्टेशनमा तुरुन्तै र वडा स्तरमा रहेका अभियानहरुको हकमा भने केही समय पछि SMS मार्फत नम्बर प्राप्त गर्न सकिन्छ।
राष्ट्रिय परियचपत्र नम्बरको बारेमा जानकारी लिन N<space> आवेदन नं राखि ३०००१ मा SMS गर्न सकिन्छ । वा राष्ट्रिय परिचयपत्रसंग सम्बन्धित कुनै समस्या आएमा कल सेन्टरको नम्बर ०१ ५९७०४४९ मा फोन गर्न सकिन्छ ।
अस्पष्ट, आफै सच्याईएका कागजात, विग्रिएको, च्यात्तिएको, फोटोकपी जस्ता प्रमाणपत्र लिई आएमा
विवरण दर्ता गर्न मिल्छ कि मिल्दैन ?
यदि कुनै कागजात अस्पष्ट, आफै सच्याईएको, विग्रिएको, केरमेट गरेको, च्यात्तिएको वा फोटोकपीका आधारमा
राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न मिल्दैन। आफ्नो विवरण प्रष्ट बुझिने सक्कल कागजातका आधारमा मात्र
विवरण संकलन गरिन्छ।
राष्ट्रिय परिचयपत्र कार्ड छापिएपछि कहाँबाट प्राप्त गर्ने ?
राष्ट्रिय परिचयपत्र कार्ड छपाई भएपछि तपाईंको मोवाइलमा छपाई भएको र सङ्कलन गर्न आउने व्यहोरा
सहितको SMS प्राप्त हुन्छ। SMS अएपछि परिचयपत्रका लागि विवरण जहाँ दर्ता गराएको हो सोहि स्थानबाट
कार्ड लिनुपर्छ।
राष्ट्रिय परिचयपत्र बनेपछि नागरिकताको प्रयोग हुन्छ कि हुदैन ?
नेपाली नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली दुवै संवैधानिक व्यवस्था
भएकोले प्रचलित कानून अनुसार दुवैको उपयोग हुन्छ। हाल कानून अनुसार जारी गरिएका पहिचान कार्डहरु
सम्बन्धित कानून अनुसार प्रयोग तथा उपयोग हुन सक्छन्।
राष्ट्रिय परिचयपत्र कार्ड लिन स्वयम् उपस्थित हुनुपर्छ ?
राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्दा सम्बन्धित व्यक्तिको जैविक विवरण प्रमाणित गर्नुपर्ने भएकाले स्वयम
उपस्थित हुनैपर्छ ।
राष्ट्रिय परिचयपत्रमा भएको सूचनालाई कसरी सुरक्षित राखिन्छ ?
विभागले संकलन गरेको विवरण गृह मन्त्रालय परिसरभित्र रहेको भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) राष्ट्रिय
सूचना प्रविधि केन्द्र (जिआइडिसी)मा भण्डारण गरिएको छ। यहाँ भण्डारण गरेर राखिएका तथ्यांक गृह
मन्त्रालय परिसर भन्दा बाहिर हेर्न, चलाउन सकिदैन। साथै तथ्यांकलाई भण्डारण गर्दा इन्क्रिप्ट (संकेतन्) गरी
राखिएका कारण विभागका कर्मचारीले बाहेक अरुले हेर्न र बुझ्न सक्दैनन्।
यो सिस्टम विदेशीले बनाएको भएपनि यहाँ कामगर्ने सबै कर्मचारी नेपाली नै छन्। कुनैपनि विदेशीहरुको पहुँच
विभागले संकलन गरेको तथ्याँकमा छैन। तथ्याँकको सुरक्षालाई ध्यानमा राखेर नै विभागले अन्तराष्ट्रिय सूचना
तथा तथ्याँक सुरक्षणको मापदण्डलाई पालना गरेको छ।
विभागले संकलन गरेको तथ्याँक अरु सरकारी कार्यालयले पनि प्रयोग गर्न मिल्ने भनिएका कारण कसैले फाइदा
पो लिन्छन् कि भन्ने भ्रम हुन सक्छ। तर विभागमा रहेको प्रणालीले मान्यता दिएका आधिकारीक उपकरणहरुबाट
मात्र यहाँको सूचना हेर्न सकिन्छ। जसलाई जति सूचना चाहिने हो, उसले त्यति मात्र हेर्न पाउछन्।
सिस्टममा रहेको सूचना कसले कतिपटक हेर्यो, कुन प्रयोजनको लागि हेर्यो, सोको अभिलेखीकरण समेत प्रणालीले राख्ने
व्यवस्था छ। कसैमाथि शंका लागेमा त्यसमाथि निगरानी राख्न सकिन्छ।