June 24th, 2024

वित्तीय संस्थाको आन्तरिक सम्पत्ति ८८ खर्ब बढी(पूर्णपाठ)

बैंकिङ खबर/ वित्तीय कारोबार गर्ने संस्थाहरु(सहकारी बाहेक)को आन्तरिक सम्पत्ति ८८ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय क्षेत्र सर्वेक्षण प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा पुस मसान्तसम्मको अवधिका करिब एक खर्बले बढेको देखिएको हो ।

केन्द्रीय बैंककोमा वित्तीय क्षेत्र सर्वेक्षण अनुसार गत आर्थिक वर्षको असारसम्ममा आन्तरिक सम्पत्ति ८७ खर्ब ३९ करोड रुपैयाँ बराबरको थियो । चालु आर्थिक वर्षको पुसम्ममा आइपुग्दा उक्त सम्पत्ति बढेर ८८ खर्ब ३० अर्ब ७५ लाख पुगेको सर्वेक्षणले देखाएको छ ।

वित्तीय क्षेत्रको आन्तरिक सम्पत्तिलाई पनि वित्तीय क्षेत्र र गैर वित्तीय क्षेत्र गरेर छुट्याइएको छ । विसं २०८० असार मसान्तमा वित्तीय क्षेत्रको आन्तरिक दाबी ६८ खर्ब ४० अर्ब ६८ करोड रहेकोमा २०८० पुस मसान्तमा १.५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी अन्य वित्तीय संस्था (सम्झौतित बचत परिचालन गर्ने वित्तीय संस्था बीमा कम्पनीहरु, कर्मचारी संचयकोष, नागरिक लगानीकोष, नेपाल पूर्वाधार विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लघुवित्त वित्तीय संस्था जस्ता गैर–बैंकिङ वित्तीय संस्थाक) को आन्तरिक दाबी २०८० असार मसान्तमा १८ खर्ब ९९ अर्ब १३ करोड रहेकोमा २०८० पुस मसान्तमा ०.६ प्रतिशतले घट्न गई १८ खर्ब ८६ अर्ब ८५ मा झरेको छ ।

केन्द्रीय बैंकको सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रहेकोमा गत पुस मसान्तमा ८.३ प्रतिशतले घट्न गई ९ खर्ब ४० अर्ब ३४ करोड रुपैयाँ छ । वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दाबी गत असारको तुलनामा ०.२ प्रतिशतले बढेर पुसम्म आइपुग्दा ३६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी गत असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रहेकोमा गत पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रहेको छ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब ६ करोड रहेकोमा गत पुस मसान्तसम्ममा १९.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको तरल दायित्व २०८० असार मसान्तमा ५३ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा गत पुस मसान्तमा ७.१ प्रतिशतले वृद्धि भई ५७ खर्ब ४९ अर्ब ३६ करोड पुगेको छ । त्यसैगरी वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०८० असार मसान्तमा ५ खर्ब १२ अर्ब ५१ करोड रहेकोमा पुस मसान्तसम्ममा ३.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ९९ करोड पुगेको छ ।

वित्तीय क्षेत्रको माग निक्षेप दायित्व २०८० असार मसान्तमा ४ खर्ब ११ अर्ब ३ करोड रहेकोमा गत पुस मसान्तमा ७.० प्रतिशतले घट्न गई ३ खर्ब ८२ अर्ब ३० करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । वित्तीय क्षेत्रको अन्य निक्षेप दायित्व २०८० असार मसान्तमा ४४ खर्ब ४४ अर्ब ८१ करोड रहेकोमा गत पुस मसान्तमा ८.८ प्रतिशतले वृद्धि भई ४८ खर्ब ३६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १० अर्ब ५० करोडले ऋणात्मक रहेकोमा गत पुस मसान्तमा १ अर्ब ३१ करोडले ऋणात्मक छ । अन्य वित्तीय संस्थाको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तमा १३ अर्ब २ करोड रहेकोमा गत पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

अन्य वित्तीय संस्थाको सार्वजनिक गैर–वित्तीयसंस्थान माथिको दावी २०८० असार मसान्तमा ३३ अर्ब १२ करोड रहेकोमा गत पुस मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई ३३ अर्ब १४ पुगेको छ ।

FCS-and-OFCS-Based-on-Quarterly-data-of-Q1-Q2-2023-24