June 18th, 2024

लघुवित्तको जागिर : भविष्यको चिन्ता

मन प्रसाद फुयाँल ‘कृष्ण संसार’

केही वर्ष पहिला हाम्रो देशमा लघुवित्त संस्थाको अवधारणा आयो । नेपालमा लघुवित्तको सुरुवात गर्ने श्रेय डा.हरिहरदेव पन्तलाई जान्छ । जो व्यक्ति त्यतिबेला नेपाल राष्ट्र बैंकमा डेपूटी गर्भनर थिए ।

नेपालमा हालको लघुवित्त कर्जा कार्यक्रम विशेषत बंगलादेशका प्रोफेसर मोहम्मद युनिसको ग्रामीण बैंक बंगलादेशको कार्यक्रमबाट प्रभावित भएर नेपालमा शुरु गरिएको हो ।

नेपालमा हाल ५३ वटा लघुवित्त संस्थाले आफ्नो कार्यक्रम विस्तार गर्दै आएको छ । त्यस संस्थामा काम गर्ने कर्मचारीहरुले काम गरी आफ्नो दैनिक गुजारा गरिरहेका छन् । अझ भन्नु पर्दा लघुवित्त संस्थाको कार्यक्रम विस्तार फिल्ड नै रहेकोले यसको श्रेय फिल्डमा काम गर्ने कर्मचारीहरुमा जान्छ ।

आजका यस लघुवित्त संस्थाको फिल्ड कर्मचारीहरु नै भोलिका संस्था हाक्ने अब्बल कर्मचारी हुन् । उनीहरुमा नै अन्तमा यो संस्थाको भविष्य अडिएको हुन्छ । त्यसैले यो समयमा देशमा अराजक तत्व संस्थाप्रति नकारात्मक टिकाटिप्पणी एवं संस्था नै खारिजीको हल्लाले कर्मचारीमा आफ्रनो भविष्यको चिन्ता थपिँदै गएको छ ।

हिजोआज विभिन्न चिया पसलहरुमा, सामाजिक सञ्जालहरुमा , लेखक विश्लेषकको लेखमा,विश्लेषणमा र अन्तक्र्रियाहरुमा देशको बैंक वित्तीय संस्था र त्यसमा काम गर्नै कर्मचारीहरुको भविष्यको चिन्ता व्यक्त गरिएको हुन्छ । यसरी नै चिन्ता मात्र गरिरहने यसको सही उपचार खोजिएन भने काम गर्ने कर्मचारीको भविष्य अन्यौल रहेको छ । सम्झिँदा नि डर लाग्छ ।

विभिन्न तथ्यांकलाई हेर्दा नेपालमा काम गर्ने संस्थाको कर्मचारीहरु जागीर छोडेर विदेशिएको पाइन्छ । लघुवित्त संस्थाबाट जागिर छोडेकाले स्वदेशमै केही न केही गरिरहेको पाइन्छ ।

प्रायजसो फिल्डमा काम गर्ने कर्मचारीहरुमा २ वर्ष काम नगर्दै आफ्नो भविष्य सुनिश्चित गर्न अन्य संस्थामा शाखा प्रमुख बनेर काम गर्ने मोह बढ्दो छ ।

उता नयाँ संस्थाहरुलाई पनि आफ्नो कार्यक्रम विस्तारमा त्यस्ता जनशक्तिको खाँचोले कर्मचारी भर्ना गर्न तछाड मछाड छ । हिजो आज आएर नेपाल राष्ट्र बैंकको एकल ग्राहक नीतिले शाखा सञ्जाल खोल्न प्रशासनिक खर्चले त्यसमा कमी आएको देखिन्छ ।

माथिल्लो निकायबाट लघुवित्त संस्थाको कुन शाखामा काम गर्दै छ भन्ने कुरालाई मात्र फोकस नगरी भोलिको दिनमा यस संस्थाको अब्बल कर्मचारीको रुपमा हेर्न जरुरी देखिन्छ । उनीहरुलाई नी महसुस होस् मेरो अन्तिम भविष्य यही संस्था हो ।

विभिन्न संस्थामा काम गरिरहेका कर्मचारीहरु काममा उतीर्ण भएका तर आफ्नो जीवनको परीक्षमा पास हुन सकेका छन् कि छैनन् । यसको मूल्यांकन कहिले भएको छ कि छैन माथिल्लो निकायबाट हेक्का राख्नुपर्ने देखिन्छ ।

लघुवित्त संस्थाले प्रशिक्षण वा तालिम अवधिमा भर्ना लिँदा तुरुन्तै प्रतिफल प्राप्त गर्ने उद्देश्य मात्र नभइ छिट्टै नाफामूखी उद्देश्य नराखी कर्मचारीको मर्म बुझेर लघुवित्त संस्थाको परिभाषा पूर्णरुपमा नजान्दै मात्र आवश्यकता पूर्तिले गर्दा कर्मचारीहरुमा कामको नैराश्यता छाएको देखिन्छ । तसर्थ अबका दिनमा यस्ता पाठ सिक्दै लघुवित्त संस्था अगाडि बढी बेलाबेलामा कर्मचारीहरुलाई अनिवार्य आवश्यक तालिमको व्यावस्थापन भएको देखिन्छ ।

देशमा हाल वित्तीय संस्थाहरुको विरुद्धमा लाग्ने अराजक तत्व राजनीतिक हावीको कारण कर्मचारीहरुमा आफ्नो भविष्यको चिन्ता व्यापकरुपमा अगाडि छ । सरकारले कहिले सून्ने वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुको दैनिक जसो डर धम्की लुटपाट कुटपिटको अवस्था ?

अन्तमा

जुनसुकै दलको सरकार आओस,जोसुकै पूगोस् वा शासकको रुपमा जो आओस्, आखिर हामी कर्मचारीहरुलाई चाहिने शान्ति, सुरक्षा, दिगो रोजगारी र यही देशमा बस्नै वातावरण भए पुग्छ, यसका लागि हाम्रो मर्म सून्ने सरकार र देखिने शान्ति, सुरक्षा जरुरी छ ।

हो हाम्रो मर्म सून्ने सरकार र देखिने शान्ति, सूरक्षाको बाटो तय हूनुपर्छ । हाम्रो भविष्य सुनिश्चित गर्नको लागि जस्तो सूकै कदम चाल्न बाध्य हुनेछैन । खबरदार हामी पनि यही देशका नागरिक हौं । के अब अन्तिम विकल्प आन्दोलन हो ?

फुयाँल लघुवित्तकर्मी हुन् ।