April 18th, 2023

ग्राहकलाई बुझाएर मात्र सम्बन्ध स्थापना गर्नु बैंक, वित्तीय संस्थाको दायित्व हो : राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सो सम्बन्धित सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा नलिन पनि आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ,‘बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सर्त, शुल्क, हर्जाना, जरिबाना, कमिसन आदिका बारेमा सरल एवम् स्पष्ट भाषामा निःशुल्क रुपमा जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । ग्राहकलाई सम्पूर्ण विषयमा सरल भाषामा बुझाएर मात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंक तथा वित्तीय संस्थाको दायित्व हो ।’

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]