बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा शाखा कार्यालय पोखरा अन्तर्गत पोखरा महानगर पालिका वडा नं. २० रयालेचौर भलाममा ग्लोबल मनि विक अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदी तथा निर्धन उत्थान लघुबित्त वित्तीय संस्था लि. शाखा कार्यालय दुईपिप्ले लमजुङ्ग का शाखा प्रमुख रामबाबू रानाभाटले सहजीकरण गर्नूभएको उक्त कार्यक्रमको संचालन पोखरा शाखाकी कर्मचारी सिता बरालले गर्नू भएको थियो । उक्त वित्तीय साक्षरता कार्यक्रममा कुल ४९ जना सहभागी हुनुभएको थियो ।
हरिहर आमा समुहको सभाहलमा भएको उक्त कार्यक्रमको अध्यक्षता समुहकी अध्यक्ष दुर्गा देबी पौडेलले गर्नु भएको थियो भने उक्त कार्याक्रममा महेन्द्र मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर क्षेत्री, भलाम बेशी टोल सुधार संस्थाका अध्यक्ष दिपेश पौडेल तथा जेष्ठ नागरीक दिवा सेवाका संस्थापक अध्यक्ष फडिन्द्र प्र. पौडेल अतिथिको रुपमा रहनु भएको थियो ।
निर्धन उत्थान लघुबित्त वित्तीय संस्था लि. दुईपिप्ले शाखाका शाखा प्रमुख रामबाबु रानाभाटले सहभागी सबैलाई कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । सो क्रममा उहाँले निर्धन उत्थान लघुबित्त संस्थाको परिचय देखी हाल सम्मको अवस्था, संस्थाले प्रदान गरेको सेवाहरु कर्जा, बचत, बिमा तथा अन्य अतिरिक्त सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
सो क्रममा ग्राहक दिदीबहिनीहरुलाई अन्य संस्थामा कारोवार नगर्न र सबै भन्दा पुरानो यस निर्धन उत्थानको कार्यक्रममा सहभागी भई कारोवार गर्न सुझाउनु भएको थियो । धेरै तिरबाट कर्जा लिने बानीले कर्जाको दुष्चक्रमा फसिने हुंदा सबै भन्दा राम्रो विश्वासिलो संस्था निर्धन उत्थानसँग आवद्ध भई पारिवारीक सरसल्लाहमा क्षमता अनुसार कारोवार गर्न अनुरोध गर्नुभयो ।
सहभागीहरुलाई वित्तीय शिक्षा प्रदान गर्ने क्रममा क्षेत्रिय कार्यालयका कार्यक्रम अधिकृत श्री प्रेम प्रसाद सुबेदीले बचत भनेको केहो, बचत गर्ने तरिका हरु के के हुन सक्छन, बचत नभएमा भविश्यमा कस्ता कस्ता अप्ठ्याराहरु आईपर्दछन, बचतले कसरी जिवनयापनमा सहजता तथा खुशी ल्याउँछ भन्ने बिषयमा सहभागितात्मक प्रस्तुती दिनुभएको थियो । मानिसलाई जन्म देखी मृत्यु सम्म जिवन तथा परिवार ब्यवस्थापनमा पैसा चाहिन्छ त्यसैले पैसालाई कसरी ब्यवस्थित रुपमा परिचालन गर्ने, तत्कालका आवश्यकता र भबिश्यमा पर्न जाने आवश्यकतालाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।
सोही क्रममा वहांले ब्यवसायिक योजना भनेको केहो, ब्यवसायिक योजना बनाउंदा के के कुरामा ध्यान दिनुपर्दछ भन्ने जानकारी गराउंदै र ब्यवसायिक रुपमा नाफामुलक योजनामा मात्रै आफ्नो बचत तथा बचतबाट नपुग पुंजी कर्जाको रुपमा माग गरी लगानी गर्नूपर्ने, कर्जा लिंदा कर्जाको शर्त, सिमा, मासिक किस्ता, ब्याजदर, हर्जना, आदि बारेमा राम्रोसंग बुझेर घरसल्लाहमा मात्रै क्षमता अनुसारको कर्जा लिनुपर्ने बताउनु भयो ।
सोही क्रममा वहांले हरेक क्षेत्रमा जोखिम हुन्छ । कुनै जोखिम कम र कुनै उच्च किसिमको जोखिम हुन्छ । भबिश्यमा आईपर्न सक्ने जोखिमलाई बहन गर्नलाई बचत परिचालन गर्न सकिने तथा बिमा गरी जोखिम न्युनिकरण गर्न सकिने भएकाले बिमाको बारेमा समेत सबैले जानकारी लिई राख्नुपर्ने, आफ्नो, ब्यवसायको, कर्जाको बिमा गर्नाले भबिश्यमा आउने आपत बिपतमा ठुलो राहत मिल्ने कुरा समेत जानकारी गराउंदै आर्थिक बर्ष २०७८।७९ मा संस्थाले बितरण गरेको बिमा रकम, सुत्केरी पोषण रकम, दैवी प्रकोपमा सहायता बिवरण, घातक रोग मा सहयोग, छात्रबृत्ती , सिपविकास तथा उद्यमशिलता तालिम तथा बित्तिय साक्षरता, अभिभावक अन्तकृया, केन्द्र प्रमुख गोष्ठी विवरणहरु बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रमको समिक्षा गर्ने क्रममा स्कुल ब्यवस्थापन समितिका अध्यक्ष श्री चित्र बहादुर क्षेत्रीले संस्थाले गरीरहेको कृयाकलाप नजिकबाट बुझ्ने मौका मिलेकोले संस्थालाई धन्यबाद ज्ञापन गर्दै पैसाको महत्व सबैले बुझ्नु पर्ने बताउँदै भलाम क्षेत्रमा यस संस्थामा आवद्ध ग्राहक दिदिबहिनी अधिकांश बिपन्न वर्गको भएको र उनिहरुका छोराछोरीलाई १२ कक्षा सम्म पढाउन धौधौ भएको अवस्था रहेकोले संस्थाले प्रदान गर्ने डा. हरिहर देब स्मृती अक्षय कोष का लागी यसै भलाममा रहेको कास्की जिल्लाको एक मात्र कृषी प्रविधिक पाठशाखा महेन्द्र माबिलाई छनौट गरी गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिदिनुहुन अनुरोध गर्नुभयो । त्यस्तै अतिथिको आशनमा बस्नु भएको फणिन्द्र प्र.पौडेलले ग्रामिण क्षेत्रमा यस किसिमको कार्यक्रम पहिलो भएकाले संस्थालाई धन्यवाद दिँदै सबै सहभागीलाई फजुल तथा अनाबश्यक खर्च नगर्न अनुरोध गर्दै बचत गर्ने बानिको विकास गर्नुहुन अनुरोध गर्नुभयो ।
कार्यक्रमको समापनका क्रममा सभापती दुर्गादेवी पौडेलले यस कार्यक्रममा आवद्ध नभएकोमा पछुतो मान्दै संस्थाको बारेमा धेरै कुरा सिक्ने अवसर मिलेको, साथै यस किसिमका अन्य कार्यक्रमहरुपनि सहर मुखी नभई ग्रामिण क्षेत्रमा दिंदा गाउं क्षेत्रमा रहेका स्थानियहरु लाभान्वीत हुने हुंदा जानकारी मुलक कार्यक्रम तथा तालिमहरु ग्रामीण क्षेत्रमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।