बैंकिङ खबर/मिडिया इन्टरनेशनल नेपालको आयोजनामा शुक्रबार काठमाडौं भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो कार्यक्रममा’सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कोभिडपछि नेपालमा डिजिटलले छलाङ मारेको बताएका छन् । प्रमुख अतिथि डेपुटी गभर्नर मिश्रले डिजिटल माध्यमलाई प्रमोशन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।
उनले भने, ‘राष्ट्र बैंकले डिजिटल लिट्रेसी कार्यक्रमलाई स्कुल पाठ्यक्रममै राख्न शिक्षा मन्त्रालयसँग कोडिनेटर गरिरहेका छौं । विद्यालयदेखि नै डिजिटल फाइनान्सिलयका कार्यक्रम राख्न राष्ट्र बैंक लागिरहेको छ ।’
डेपुटी गभर्नर मिश्रले तीन चार वर्षको अवधिमा वालेटको प्रयोग बढेको र पछिल्लो समय ‘घ’ वर्गका लघुवित्त संस्थाले समेत एप्लिकेशन बनाएर काम गरिरहेको बताए । डिजिटिल भुक्तानीमा केहि जोखिमहरु रहे पनि यस्ता कार्यक्रमबाट सूचना सञ्चारमा सहयोग पुग्ने उनले बताए ।
मार्च महिना डिजिटल पेमेन्टको महिना भनेर राष्ट्र बैंकले घोषणा गरिसकेको पनि उनले बताए । डिजिटल बैंकिङको अवधारणा राष्ट्र बैंकले अगाडि बढाइरहेको र यसका लागि कानूनी परिमार्जनको कुराहरु उठिरहेको उनको भनाइ छ ।
यस्तै पछिल्लो समय बैंकवित्तीय संस्थाविरुद्ध गरिएको प्रदर्शनप्रति लक्षित गर्दै उनले भने, ‘व्याज र लघुवित्तकै कारण आत्महत्या गर्ने भनेर कुरा बाहिर आएको छ । यसमा राष्ट्र बैंक कन्सन छ । बैंक वित्तबाट कसले कर्जा दिइको छ ?, अब कर्जा तिर्दिन भनेर क्याम्पियन गर्न मिल्छ ?,’
संसारका धेरै बैंकले व्याज बढाएको र त्यसैको फलस्वरुप नेपालमा पनि व्याज बढेको उनको भनाइ छ । आयतमा सकुंचन आएका कारण व्याजमा पनि यसको असर परिरहेको उनले बताए । मिश्रले नेपाल राष्ट्र बैंकले ऋणीको फोटो नलिकाल्न आग्रह गरेको पनि बताए ।
बैंकवित्त, लघुवित्तका कर्मचारीमाथि कालो मासो लगाउने जस्ता कुराहरुले समाजमा विशृंखल पैदा गरेको उनको भनाइ छ । उनले भने, ‘लोन र कर्जा बैंकको पैसा होइन् । सबैसाधारणको पैसा हो । त्यो नतिर्दा अरुले कसरी पाउने ?, ’
तिर्नु पर्दैन भन्ने क्याम्पियन गर्न नहुने पनि उनले बताए । यसमा भाग नलिन पनि उनले आग्रह गरे । मिश्रले बैंकवित्तविरुद्ध केहि गुनासो भए राष्ट्र बैंकमा गुनासो गर्न पनि आग्रह गरे ।
लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले वित्तीय साक्षरताको महत्व अहिले आएर उदांगो भएको बताए । उनले वित्तीय साक्षरताको अभावकै कारण यस क्षेत्रलाई संकटतर्फ धकेल्ने काम भएको पनि बताए । शर्माले नेपालमा वित्तीय सहायक प्रदायक कति छन् र नियमन, सञ्चालन र सेवा जानकारी समेत नरहेको अवस्था रहेको बताए । विद्यालयमा पढ्ने पढाउनेसँग पनि यो नपुगेको उनको भनाइ छ । वित्तीय साक्षरता गाउँगाउँमा पुर्याउन आवश्यक रहेको उनको भनाइ छ ।
बचत तथा ऋण सहकारी संस्था लि. नेफ्कुनका अध्यक्ष परितोष पौडेलले अहिले अवसरको युग रहेको बताए । उनले डिजिटल क्षेत्रले फट्को मारेको भन्दै यसलाई सहि सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए । सहकारी क्षेत्रले समेत पछिल्लो समय डिजिटलाइजेशनलाई अवलम्बन गरिरहेको उनको भनाइ छ ।
वरिष्ट सहकारीकर्मी अमरावती महर्जनले डिजिटलाईजेशनले समयको बचतका साथै अहिले धेरै सेवाग्राहीलाई सहज भएको बताइन् । उनले हरेक क्षेत्रमा डिजिटलाइजेशनको खाँचो रहेको बताइन् ।
काठमाडौं मोडल कलेज(केएमसी) का प्रिन्सिपल सुरेन्द्र सुवेदीले फाइनान्सियल लिट्रेसीमा शैक्षिक संस्थालाई सँगै जोड्नुपर्नेमा जोड दिए । सबै शैक्षिक संस्थालाई यसमा जोडेर लैजानुपर्ने उनले भनाइ छ ।
कार्यक्रममा वित्तीय जागरण राष्ट्रिय अभियानका अध्यक्ष माधव निर्दोषले उद्यमशिलतालाई कसरी अगाडि लैजान सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए । उनले मिडिया इन्टरनेशलले लामो समयदेखि वित्तीय साक्षरताका कार्यक्रमलाई अगाडि बढाइरहेको बताए ।
कार्यक्रममो दोस्रो सत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेल, नेपाल बीमक संघका कार्यकारी निर्देशक सुद्य्रुम्न प्रसाद उपाध्यय, जीवन बीमक संघकातर्फबट प्रविणरमण पराजुली र नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक यमनाथ अर्यालले डिजिटल नेपालको सम्भावना र चुनौतीहरुका साथै डिजिटल बैंकिङ र अवसरहरु, बीमा बजारमा डिजिटल सेवा, शेयर बजारमा भित्रिएको डिजिटलाइजेशन र डिजिटल मार्केट तथा इकमर्श सम्भावना र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले डिजिटलाईजेशनमा मन्त्रालयको योजनाका बारेमा र डा.भोजराज घिमिरेले समग्र देशको डिजिटल र ग्रामीण अर्थतन्त्रको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।