January 31st, 2023

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

बैंकिङ खबर/माछापुच्छ्रे बैंक लिमिटेडले सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सीजी डिजिटलबाट इलेक्ट्रोनिक सामग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

यो सुविधा बैंकका ग्राहकलाई फागुन १५ सम्म मात्र कायम रहनेछ । बैंकले आफ्ना डेबिट/क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा सञ्चालनमा ल्याएको हो । डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघ/संस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ। माछापुच्छ्रे बैंक लि.का क्रेडिटकार्ड प्रयोगकर्ताले शून्य प्रतिशत ईएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्नेछन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]