November 28th, 2022

एनसीसी बैंकको शेयर कारोबार फुकुवा

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेटिड एण्ड कमर्स बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ अनुसार बैंकको आधारभुत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो ।

कारोबार खुलाउनको लागि बैंकले मंसिर ८ गते नेप्सेमा निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा नेप्सेले बैंकको शेयर कारोबार मंसिर १२ गते फुकुवा गरेको हो । एसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्बन्धी सम्झौता भएपछि बैंकको शेयर कारोबार रोकिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]