November 28th, 2022

नेप्सेमा साढे ३६ लाख बढी कित्ता सेयर थपियो

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ३६ लाख बढी कित्ता थपिएको छ । नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

एसियन लाइफले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ मा कुल १५.२६ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश थिए। सोही १४.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]