June 20th, 2022

काठमाडौं महानगरभित्रका बैंकवित्तीय संस्थाहरुमा अपांगमैत्री एटिएम मेशिन

 
बैंकिङ खबर/काठमाडौं महानगरपालिकाभित्रका बैंकवित्तीय संस्थाहरुमा अपांगमैत्री एटिएम मेशिन राखिने भएको छ । मेयर बालेन्द्र शाहले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो जानकारी गराउनुभएको हो ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौं महनगर क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा अपांगमैत्री एटिएम मेशिन समेत संचालन गर्न आवश्यक समन्वय गरिनेछ ।’

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]