हाम्रो बारे

सम्पूर्ण बैंक वित्तको साझा सूचना केन्द्र

हरेक देशको समृद्धि अर्थतन्त्रसँग जोडिएको हुन्छ र हरेक नागरिकको उन्नत भविश्य पनि अर्थतन्त्रसँगै जोडिएको हुन्छ । समग्र अर्थतन्त्र मुलतः पैसाको माध्यमबाट सुचारु भएको हुन्छ । कुनै समय पैसाविनै पनि विनीमय हुन्थ्यो होला, तर अब त्यो सन्सारमै सम्भव छैन । आज सन्सारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन् । यसर्थ अर्थतन्त्रको विकासमा पैसाको परिचालन महत्वपूर्ण हुन आउँछ । नेपालमा अहिले पनि विभिन्न ग्रामिण क्षेत्रमा पैसालाई सिरानी मुनी, सन्दुसमा वा कुनै दराजमा राख्ने प्रचलन छ । सुन र चाँदी मानिसले घरमै थन्काएको अबस्था छ । यसले वित्तिय साक्षरताको आवश्यकतालाई टड्कारो रुपमा प्रष्ट पारेको देखिन्छ । हामीसँग भएको पुँजी परिचालन गर्न नसक्दा विकासका काममा आबश्यक पर्ने पुँजी संचय हुन सक्दैन, घरमा राखेको पैसा सुरक्षित हुन सक्दैन र घरभित्रको पैसाले अरु पैसा आर्जन गर्न पनि सक्दैन भन्ने कुरा समेत ग्रामिण क्षेत्रमा थोरै थाहा छ । त्यसका अतिरिक्त शहरी भेगलाई केन्द्रीत गरेर आज बैंक तथा वित्तिय संस्थाहरुले जे जति टेक्नोजोलीको प्रयोग गरेका छन् त्यसको भरपुर प्रयोग गर्न प्रयोगकर्ताहरुले नसकेको अबस्था छ । इ बैंकिङ, मोवाइल बैंकिङ तथा विभिन्न कार्ड मार्फतको वित्तिय कारोवार शहरमा पनि प्रसस्त हुन सकेको छैन । यसले के देखाउँछ भने टेक्नोलोजिको विकासलाई हामी पूर्ण रुपमा उपभोग गर्न सकिरहेका छैनौं । त्यसमाथि बीमाको महत्व र आबश्यकताबारे प्रयाप्त जानकारी गराउनु अर्को आबश्यकता बनेको छ भने विदेशबाट रकम पठाउँदा बैधानिक बाटोबाट पठाउन र हुण्डीलाई निरुत्साहित गर्न पनि उत्तिकै आबश्यकता खट्केको छ । माथि उल्लेखित विभिन्न पक्षहरुलाई आधार मान्दा बैंकसम्म खाता नभएकाहरुलाई खाता खोल्न प्रेरित गर्ने, वित्तिय जानकारी नभएकाहरुलाई वित्तिय जानकारी गराउने, केन्द्रीय बैंक लगायत सबै बैंकिङ, बीमा र वित्तिय सुचना एउटै ठाउँबाट प्रसस्त उपलव्ध गराउने, विभिन्न बैंक वित्तको अबस्था, बैंक वित्तबाट भएका गतिविधि, सूचना, आदीको उपलव्ध गराउने तथा बैंक वित्तबाट कुनै ग्राहक ठगिएको छ वा समस्यामा परेको अबस्था छ भने पनि उनीहरुको गुनासा र समस्याहरुलाई समेत सुनुवाइका लागि अघि सार्ने प्रयासमा हामी रहने छौं । यो यात्रामा होमिएको टिम नेपाली पत्रकारिताको बलियो विश्वसनियतामा रहेर २४ सै घन्टा बैंक वित्तिय क्षेत्रका गतिविधि र सूचना संप्रेषणमा सक्रिय रहने छ । यस www.bankingkhabar.com लाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै लगिने र बैंक–वित्त सम्बन्धि सबै सूचना, समाचार, साथै वित्तिय साक्षरतामा समर्पित भएर अर्थतन्त्रको विकासमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछौं । देश भित्र र सन्सारभरीका विभिन्न कुनाबाट बैंकिङ सूचना लिन र दिनका लागि हामी हरेक नेपालीलाई अनुरोध गर्न चाहान्छौं । खासगरी एउटै साइटबाट सम्पूर्ण बैकिङ सूचना प्राप्तिको आधारका रुपमा बैकिङ खबर डटकम सुरु गरिएको हुँदा सबै बैकिङ क्षेत्रको साझा सूचना केन्द्रका रुपमा काम गर्ने हाम्रो प्रतिबद्धता रहने छ ।