प्रकशकीय
माधव निर्दोष, प्रधानसम्पादक
हरेक देशको समृद्धि अर्थतन्त्रसँग जोडिएको हुन्छ र हरेक नागरिकको उन्नत भविश्य पनि अर्थतन्त्रसँगै जोडिएको हुन्छ । समग्र अर्थतन्त्र मुलतः पैसाको माध्यमबाट सुचारु भएको हुन्छ । कुनै समय पैसाविनै पनि विनीमय हुन्थ्यो होला, तर अब त्यो सन्सारमै सम्भव छैन । आज सन्सारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन् । यस अर्थ अर्थतन्त्रको विकासमा पैसाको परिचालन महत्वपूर्ण हुन आउँछ । नेपालमा अहिले पनि विभिन्न ग्रामिण क्षेत्रमा पैसालाई सिरानी मुनी, सन्दुसमा वा कुनै दराजमा राख्ने प्रचलन छ । सुन र चाँदी मानिसले घरमै थन्काएको अबस्था छ । यसले वित्तिय साक्षरताको आवश्यकतालाई टड्कारो रुपमा प्रष्ट पारेको देखिन्छ । हमीसँग भएको पुँजी परिचालन गर्न नसक्दा विकासका काममा आबश्यक पर्ने पुँजी संचय हुन सक्दैन, घरमा राखेको पैसा सुरक्षित हुन सक्दैन, र घरभित्रको पैसाले अरु पैसा आर्जन गर्न सक्दैन भन्ने कुरा समेत ग्रामिण क्षेत्रमा थोरै थाहा छ । त्यसका अतिरिक्त शहरी भेगलाई केन्द्रीत गरेर आज बैंक तथा वित्तिय संस्थाहरुले जे जति टेक्नोजोलीको प्रयोग गरेका छन् त्यसको भरपुर प्रयोग गर्न प्रयोगकर्ताहरुले नसकेको अबस्था छ । इ बैंकिङ, मोवाइल बैंकिङ तथा विभिन्न कार्ड मार्फतको वित्तिय कारोवार शहरमा पनि प्रसस्त हुन सकेको छैन । यसले के देखाउँछ भने टेक्नोलोजिको विकासलाई हामी पूर्ण रुपमा उपभोग गर्न सकिरहेका छैनौं । विमा क्षेत्रमा वित्तिय साक्षरता अझ टड्कारो छ । विमा गर्नुपर्छ भन्ने शिक्षा अहिलेसम्म जनमानसमा राम्ररी बसेको छैन । करोडौं खर्चेर बनाइएका संरचना वा सम्पत्तिको सुरक्षा विमा बाहेक अर्को केही हुनै सक्दैन र विमा गर्न जरुरी छ भन्ने कुरालाई पनि हामी यस न्यूज पोर्टल मार्फत उठाउने छौं ।
माथि उल्लेखित विभिन्न पक्षहरुलाई आधार मान्दा बैंकसम्म खाता नभएकाहरुलाई खाता खोल्न प्रेरित गर्ने, वित्तिय जानकारी नभएकाहरुलाई वित्तिय जानकारी गराउने, केन्द्रीय बैंक लगायत सबै बैंकिङ र वित्तिय सुचना एउटै ठाउँबाट प्रसस्त उपलव्ध गराउने, विभिन्न बैंक वित्तको अबस्था, बैंक वित्तबाट भएका गतिविधि, सूचना, आदीको उपलव्ध गराउने तथा बैंक वित्तबाट कुनै ग्राहक ठगिएको छ वा समस्यामा परेको अबस्था छ भने पनि उनीहरुको गुनासा र समस्याहरुलाई समेत एउटै ठाउँमा सुनुवाइका लागि अघि सार्ने प्रयासमा हाम्रो यात्रा सुभारम्भ भएको जानकारी गराउँदछौं । हाम्रो यात्रा नेपाली पत्रकारिताको बलियो विश्वसनियतामा रहेर भिन्न स्वरुप र भिन्न रंग बनाउन हामी २४ सै घन्टा बैंक वित्तिय क्षेत्रका गतिविधि र सूचना संप्रेषणमा सक्रिय रहने छ । यस www.bankingkhabar.com लाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै लगिने र बैंक–वित्त सम्बन्धि सबै सूचना, समाचार, साथै वित्तिय साक्षरतामा समर्पित भएर अर्थतन्त्रको विकासमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछौं । अत बैंकिङ खबर सूभारम्भको यस अबसरमा हामीलाई माया गर्ने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छौ । साथै केन्द्रीय बैंक, विभिन्न बैंक वित्तिय संस्थाहरु, वित्तिय साक्षरतामा लागिरहनुभएका संघसंस्थाहरु र अन्य सरकारी तथा नीजि क्षेत्रसँग जोडिएका विभिन्न व्यक्तिहरुसमक्ष सहयोग र सहकार्यको अपेक्षा गर्दछौं । देश भित्र र सन्सारभरीका विभिन्न कुनाबाट यस यात्रामा सहयोग गर्नका लागि हामी हरेक नेपालीलाई अनुरोध गर्न चाहान्छौं, अन्तमा यो पनि भन्न चाहान्छौं कि पैसा यसरी परिचालन होस् जसले राष्ट्रिय विकास र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग गरोस् । धन्यवाद