October 14th, 2018

एक बैंकरको सफलताको शुत्र : सकारात्मक सोचले बदल्छ जिवन

हरि जोशी । प्रत्येक ब्यक्ति सफलता प्राप्त गर्न चाहान्छ । सबैभन्दा ठुलो बनौँ, सबैले मलाई मानुन्, प्रशस्त धन सम्पती कमाएर एक सफल ब्यक्तिको रुपमा चिनिउँ भन्ने कसको ईच्छा नहोला ? तर विडम्बना मेहनत गर्ने र धैर्य गर्न सक्ने क्षमता हामीमा छैन । चाहाना आउने वित्तिकै, सोच्ने वित्तिकै वा काम शुरु गर्ने वित्तिकै सफलतामिलोस भन्ने चाहान्छौ र मिलेन भने भगवानलाई सरापी हाल्छौँ ।

बजार गएर समान किनेजस्तो हुँदैन सफलता
तुरुन्तचाहने वित्तीकै बजार गएर सामानकिनेर ल्याय जस्तो सफलता किन्न पाईदैन र यो बजारमा बिक्ने वस्तु पनि होईन । । मैले सोचे जस्तो भईदिएको भए भनेर होईन कि किन भएन र अब के गर्न सकिन्छ भनेर सोध खोज गर्न नलाग्नु र थप मेहनत गर्न नरुचाउनुले धेरै मानिसहरु सफलताबाट बिमुख भएका छन् । जो यस मायरको भनाई नै छ नि : म त्यहाँ छैन जहाँ पुग्न चाहान्थेँ, तर भगवानलाई यो कारणले धन्यवाद दिन चाहान्छु कि म अहिले त्यहाँ पनि छैन जहाँ म पहिला थिएँ । हो शुरु गरेर अगाडी बढिसक्नुभएको छ, तपाईको गन्तब्य छोटिँदै छ । तपाईँले भनेको समयमा नै प्राप्त भएन भनेर नआत्तिनुहोस् ।  थप मेहनत गर्नुहोस् । जिन्दगी भनेको त सपनालाई वास्तविक रुपमा परिणत गरेर सफलता प्राप्त गर्नु नै हो । 

समस्याको समाधान नखोजी समस्याको अन्त्य चाहानुभयो भने त्यो सम्भब छैन । वितेको मात्र सोचेर बस्ने हो भने भोलीलाई परिवर्तन गर्न सकिँदैन । तसर्थ जब समस्यासँग जुधेर सहि निर्णय गरेर अगाडी बढ्छौँ, तब मात्र प्राप्त हुन्छ सफलता । आउनुहोस् सफलता प्राप्त गर्ने केही तरिकाहरुको बारेमा जानकारी लिऔँ :

कुरामा होईन काममा विश्वास गरौँ
एउटा गाँउमा एउटा किसान बस्थ्यो, जसकोे सम्पतीको नाममा अलिकति खेतबाहेक अरु केही थिएन । दिनरात मेहनत गरेर गुजरा चलाईरहेको थियो । बिस्तारै बच्चाहरु हुर्कँदै गईरहँदा उनीहरुको थप पढाई खर्च कसरी जुटाउने चिन्ता थपिँदै गएपछि उसले सोच्न थाल्यो, ‘जिन्दगी कति कठीन छ, एउटा समस्या नसिधिँदै अर्को समस्या थपिहाल्ने । लाग्छ मेरो जिन्दगीमा समस्या नै समस्याभन्दा अरु केहीपनि छैन ।’ यत्तिकैमा एक दिन गाँउमा एउटा बिद्धान साधु प्रबेश गरेको खबर फैलियो । बिद्धान बाठा गएपछि सब समस्याको समाधान निस्किन्छ भनेर हल्ला फैलियो । त्यो कुरा सुनेर किसान पनि समस्याबाट मुक्ति पाउने मनशाय बोकेर साधुकोमा गयो । साधुलाई भेटेर आफूले जति संकर्ष गर्दा पनि दुःख र समस्या नसकिएको गुनासो पोख्यो । यसबाट मुक्ति पाउने इच्छा जाहेर गर्यो । साधुले उसलाई केही परसम्म लिएर गए । नदिको किनारामा पुगेर साधुले भने, ‘नदि तरेर पारी गएपछि सबै समस्या चट हुन्छ । म तिमिलाई सबै कुरा त्यही भन्छु ।’ उनीहरु नदिको किनारामा उभिँदै गर्दा किसानको मनमा प्रश्न खेल्यो, ‘कोही आउँदैछ की खोला तार्न ? कि भगवान नै आउँदैछन् ?’ लामो समयसम्म कुर्दा पनि केही पार नलागेपछि किसानले साधुलाई सोध्यो, ‘हामी किन उभिरहेको ? पारी जानुपर्ने ।’ साधुले जवाफ दियो, ‘अहिले नदिमा पानीको बहाब ठूलो छ, तर्न खोज्दा डुबाउन सक्छ । नदि सुक्छ अनि जाउँला ।’ किसानले उचम्मित हुँदै भन्यो, ‘नदि कहाँ सुक्छ र ? यो त निरन्तर बगिरहन्छ ।’ अनि साधुले मुस्कुराउँदै भने, ‘हो, जीवन पनि नदि हो र पानी समस्या । जसरी नदीमा पानी सुक्दैन त्यसरी नै जीवनमा पनि समस्या सकिँदैन । यदि समस्या समाधान गर्ने हो भने नदि तर्ने आँट गर्नुपर्छ ।’ तसर्थ, यदि सफलता चाहानुहुन्छ  भने समस्यातर्फ नभई समाधानतर्फ ध्यान दिनुपर्छ ।

सोचले बदल्छ जीवन
एक गाउँमा एउटा किसान थियो । आर्थिक अवस्था कमजोर भएको उक्त किसानको परिवारमा उबाहेक श्रीमती र एउटा छोरो थिए । समयको अन्तरालसँगै उ बिस्तारै विरामी पर्दै गयो र रोगले ग्रस्त भई मर्यो । अब किसानकी श्रीमतीलाई जीविकोपार्जनका साथै छोरालाई हुर्काउने र पढाउने जिम्मेवारी थपियो । छोरा बिद्यालय जान्थ्यो । एक दिन बेलुका छोराको स्कुलबाट चिठि आयो । छोराले सोध्यो, ‘चिठिमा के लेखेको रैछ आमा ?’ जवाफमा आमाले भनिन्, ‘यसमा त तपाईको छोरो पढ्न, खेल्न तथा अन्य गतिविधिमा अत्यन्त टाठो छ । हाम्रो बिद्यालयमा उसको सङगत गर्ने खालको बिद्यार्थी र उसलाई बुजाउन सक्ने गुरुहरु नै हुनुहुन्न । अर्कै बिद्यालय लगेर भर्ना गरिदिनुस्, भनेको छ ।’ छोरा खुसी भयो । आमाले छोरालाई अर्को विद्यालयमा भर्ना गरिदिइन् । छोराले राम्रो अंक ल्याएर एसएलसी पार गर्यो । आमा बुढी हुँदै गइन् र बितिन् । आमालाई एकदमै माया गर्ने उ साह्रै रोयो । आमालाई खाताबाट उठाउन लाग्दा एउटा कागज फेला पार्यो, जसमा लेखिएको थियो, ‘तपाईँको छोरोलाई पढ्न, खेल्न जति सिकाउँदा पनि आएन । उसको कारण अरु विद्यार्थी पनि विग्रीने अवस्था आयो । शिक्षकहरुले पनि तपाईँको छोरालाई पढाउन पनि रुचाउँदैनन् । तसर्थ तपाईको छोरालाई अर्को बिद्यालयमा सार्नुस् । नत्र हामी हटाउन बाध्य हुन्छौ ।’ यो पढ्दा उसको होस उड्यो । 

जसरी एउटी आमाको सकारात्मक सोचले छोरालाई सफल बनाएरै छोड्यो, त्यसरी नै हाम्रो जिन्दगीमा पनि विभिन्न किसिमका उतार चढाबहरु आईरहन्छ । ति उतारचढाबहरुलाई सकारात्मक सोचका साथ समस्या समाधान तिर मेहनत गर्यो भने सफलता निश्चित छ ।(लेखक एक बैंकर हुन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]