October 11th, 2018

माछापूच्छ्रे बैंकका थप ४ शाखारहित बैंकिङ्ग सेवा, रियल टाइममा नै खाता खोल्न मिल्ने 

बैंकिङ खबर । माछापूच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग)मा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

योसहित माछापूच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा ३३ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२१ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]