October 8th, 2018

होटेल शम्बलामा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट 

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेड र होटेल शम्बला, महाराजगञ्ज काठमाडांै बीच एक सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र होटेल शम्बलाकोे तर्फबाट बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त होटेल शम्बलाबाट विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट पाउनेछन् । यस विकास बैंकको भिजा डेविट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा प्राप्त गर्न सकिनेछ । 

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंकले गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]