October 8th, 2018

एनएमबि बैंकको कर्जासम्बन्धी सबै जानकारी कर्जा बजारमा  

बैंकिङ खबर । एनएमबि बैंक र कर्जा बजार बिच सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट गोविन्द घिमिरे, चिफ विजनेश अफिसर र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटल प्रा.लि. ले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन् । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन् । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध छ । इच्छुक ग्राहकले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी ) सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा  बजारमा उपलब्ध  कर्जा सुविधासंग तुलना गर्न सक्नेछन् ।

कर्जा बजारसंगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई  छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]