October 5th, 2018

बाल मन्दिर माध्यमिक बिद्यालयलाई ओम डेभलपमेन्ट बैंकको सहयोग 

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंक लि.ले पोखरा ३ नदिपुर स्थित बाल मन्दिर माध्यमिक बिद्यालयलाई भौतिक सामाग्री प्रदान गरेको छ । बिद्यालयमा आज आयोजित एक समारोहका बीच बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष देवेन्द्र किशोर बास्तोला र प्रधानाध्यापक सुशील बस्नेतलाई  संयुक्त रुपमा प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । सो बिद्यालयमा हाल कक्षा १ देखी १२ सम्म गरी १३०० जना बिधार्थी अध्ययनरत छन् । 

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको छ ।

बिकास बैंकले आषाढ मसान्तसम्म २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ५० हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो । बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागि हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]