October 4th, 2018

गण्डकी विकास बैंकको ७७औं शाखा काठमाडौँको कलंकीमा

बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौँ म.न.पा. वडा नं. १४ स्थित कलंकीमा विहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा संख्या ७७ पुगेको छ । आगामी दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले जानकारी दिए । 

बैंकले आफ्ना ७७ वटै शाखाहरुबाट पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, ईसीसी, आईपिएस, सीआस्वा, मोबाइल बैंकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]