August 29th, 2018

राष्ट्र बैंकमा जागीर गर्न कस्तो योग्यता हुनुपर्छ ?

डा. गोपाल भट्ट । अहिले अधिकांश विद्यार्थीहरु मेनेजमेन्ट पढिरहेका छन् । संस्थागत नेतृत्वका साथै सरकारी अफिसर, राष्ट्र बैंकमा जागीरे, बैंकर, प्रोजेक्ट मेनेजर लगायतको उत्पादन मेनेजमेन्ट शिक्षाले नै गर्छ । नेपालको मेनेजमेन्ट शिक्षाको कोर्स नेपालका हरेक विश्वविद्यालयले राम्रोसँग विकास गरेका छन् । मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीसँग अर्थशास्त्रको राम्रो ज्ञान हुने भएकाले उनीहरुको करिअरको ढोका धेरै क्षेत्रमा खुला हुन्छ ।
 
नेपाल राष्ट्र बैंकमै जागीर गर्नका लागि दुई वटा विषयमा बढी ज्ञान हुनुपर्छ : मेनेजमेन्ट र अर्थशास्त्र । यसबाहेक अन्य कुराहरुको पनि जानकारी भए झन् प्लस पोइन्ट हुन्छ । केन्द्रीय बैंक हरेक देशमा एउटा मात्रै हुन्छ, जसको गरिमा भनेको मुद्रा निष्काशन हो । यसबाहेक, बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन र निर्देश गर्ने, मौद्रिक नीति बनाउने लगायतका कारण केन्द्रीय बैंकले गर्छ । त्यसैले, राष्ट्र बैंकमा ठूलो मेनपावरको आवश्यकता पर्दछ । कर्मचारीको तालिम लगायतका लागि राष्ट्र बैंकले ठूलो लगानी गरेको हुन्छ । राष्ट्र बैंकको कर्मचारीले देश विदेशका विभिन्न इन्स्च्यिुट, वल्र्ड बैंक, वित्तीय संगठन, क्षेत्रीय संगठन लगायतमा एक्सपोजर पाउँछ । यसका लागि पनि उक्त कर्मचारी एकदम सक्षम हुनुपर्छ । 

पहिला पहिला नेपाल राष्ट्र बैंक आफैले मेनपावर लिने गरेको थियो त्यति बेला पनि धेरैमध्येबाट छानेर, जो राष्ट्रको क्रीम व्यक्तिहरु हुन उनीहरु मात्र जान पाउँथे । ठुलो प्रतिष्पर्धा पार गरेर मात्र नेपाल राष्ट्र बैंकको कर्मचारी हुन सकिन्थो । तर अहिले लोकसेवा मार्फत राष्ट्र बैंकमा आएका कर्मचारीहरु र पहिला नेपाल राष्ट्र बैंकले नै लिने मेनपावरका कर्मचारीहरुमा धेरै फरक पाइन्छ ।  राष्ट्र बैंक स्वयम आफैँले लिएको मेनपावर राम्रो थियो । राष्ट्र बैंकमा राम्रा दक्ष मेनपावर आउने हुनाले राष्ट्र बैंकको महत्व धेरै छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]