December 11th, 2017

सेयर लिलामी के हो ? कसरी खरिद गर्ने लिलामीको सेयर ?

बैंकिङ खबर । सेयर निष्काशनका लागि तोकिएको समयभित्रमा निष्काशन गरिएको सबै सेयर खरिदका लागि आवेदन नआएमा उक्त सेयरलाई बोलकबोलमार्फत विक्री गरिन्छ । बोलकबोल अर्थात लिलामीका सेयरहरु छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मुल्य बोली लगाउने लगानीकर्तालाइ नै माग गरे बमोजिमको सेयर दिईन्छ । यदि दुई अथवा बढी लगानीकर्ताले एउटै मूल्यको बोली लगाएको खण्डमा मिलाएर सेयर बाँडफाँट गरिन्छ । सेयर नपरेका लगानीकर्ताहरुलाई रकम फिर्ता गरिन्छ ।

कसरी खरिद गर्ने ?
लिलामीको सेयर खरिद गर्ने आवेदन फारम कम्पनीले नियुक्ति गरेको विक्री प्रबन्धकको कार्यालयबाट प्राप्त गर्न सकिन्छ । प्रत्यक फारमको शूल्क एक सय रुपैयाँ लाग्छ । फारम प्राप्त गरिसकेपछि फारम भरेर कम्पनीले उल्लेख गरेका सम्पूर्ण कागजातहरु संलग्न गरी बुझाउनुपर्छ । साथमा खरिद गर्न चाहेको सेयरको कुल रकम बापत निवेदकले उल्लेखित बैंकको खातामा रकम जम्मा गरिदिनु पर्ने हुन्छ अथवा फारमसँगै गुड फर पेमेन्ट चेक बुझाउनुपर्ने हुन्छ ।

केके छन् फाइदा ?

  • लिलामीको सेयर भर्दा, बाँडफाँड हुँदा र रकम फिर्ता हुँदा दिनको समय अवधिमा नै सम्पन्न हुन्छ । 
  • लगानीकर्ताले इन्स्टिट्युशनबाट नै सिधा सेयर खरिद गर्ने भएकोले ब्रोकर कमिशन र सेबोन कमिशन तिर्नु पर्दैन ।
  • अक्शनका सेयरहरु हुन त आइपीओको सेयर भन्दा पनि छिट्टै बजारमा लिस्ट हुन्छ । 
  • बजारबाट नै एक्कै पटक धेरै कित्ता खरिद गर्न गाह्रो हुन्छ । त्यसैले, एकैपटकमा ठूलो परिमाणमा सेयर खरिद गर्न चाहेमा लिलामीको सेयर खरिद गर्न सकिन्छ । 

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]