Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कृषि बिकास बैंकको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय

२०८३ जेष्ठ २६ गते

बैंकिङ खबर / कृषि बिकास बैंक लि. बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियूक्ति हुनु भएको छ । नवनियूक्त अध्यक्ष निजामति सेवामा २५ वर्ष देखि कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त गर्नु भएको छ । पाण्डेयसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष टंकप्रसाद पाण्डेयलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर प्रा. डा. विश्वनाथ पौडेलले सपथ ग्रहण गराउनु भयो । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरु रामु पौडेल, गरुप्रसाद पौडेल, दिर्घ बहादुर रावल, मुक्ती नाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव शरण कुमार अधिकारी, कृषि विकास बैंक लि.का बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित रहेको थियो ।