Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

धितोपत्र बोर्डमा रोजगारीको अवसरः सहायक निर्देशकदेखि सहायकसम्म

२०८१ भाद्र ७ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड(सेबोन) ले विभिन्न पदमा कर्मचारी आवश्यकताको सूचना निकालेको छ । सेबोनले प्रशासन समूहका लागि सहायक निर्देशकदेखि सहायकसम्म गरी कुल छ जना कर्मचारी माग गरेको हो ।

बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै सहायक निर्देशक(अधिकृत तृतीय श्रेणी) २ जना,वरिष्ठ सहायक(सहायक प्रथम श्रेणी)१ जना र सहायक(सहायक द्धितीय श्रेणी) ३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

ती सबै पदका लागि लिखित र अन्तरवार्तामार्फत उम्मेद्वारको छनौट गरिने छ । सूचना अनुसार आवेदन दिने अन्तिम म्याद आगामी भदौ २७ गतेसम्म छ भने असोज ३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन पाइनेछ ।