March 13th, 2016

‘बैँकहरु सहरकेन्द्रित हुनुहुँदैन’

rp3विकास बैंकको प्रथम उपाध्यक्षको रुपमा कार्यरत राजेन्द्र प्रसाद पौडेलसँग १३ बर्ष लामो बैंकिङ अनुभव छ । हाल उनी सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । विकास बैंकहरुको दायरा वृद्धि गर्न उनी आफैँ लागिपरेका छन । यसै सन्र्दभमा नेपालका विकास बैंकहरुको भविष्य, कारोबार, लगानी कस्तो छ, भन्ने विषयको सेरोफेरोमा केन्द्रित रहेर बैंकिङ खबर डटकमले उनै पौडेलसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

बैंकिङ सेवालाई देशव्यापी बनाएर काम गर्छौँ 
नेपालको बैंकिङ क्षेत्र त्यति प्रभावकारी बन्न सकेको छैन । सबै बैंकहरुले  जिम्मेवारीपूर्वक काम गर्न नसकेको अवस्था छ । बैंकिङ क्षेत्र भनेर हामीले चारवटा क्षेत्रहरुलाई सम्झन जरुरी छ । जसमा वाणीज्य बैंक, डेभलपमेन्ट बैंक, लघुवित्त र फाइनान्सलाई बुझ्नुपर्छ । मुलतः धेरै बैंकहरु काठमाडौ केन्द्रीत नै छन् । गाम्रीण भेगमा बैंकहरुको उपस्थिति त्यति छैन । सांग्रिला डेभलपमेन्ट बैंक काठमाडौं भन्दा बाहिर पोखरामा २०६१ सालमा खुलेको बैंक हो । मर्जरको माध्यमबाट राष्ट्रिय बैंकको रुपमा डेढ बर्षदेखि काठमाडौंबाट सेवा प्रवाह गर्दै आइरहेको छ । काठमाडौं उपत्यकामा ३ वटा शाखाहरु विस्तार भइसकेको छ ।

बैंकहरु सुगम केन्द्रित हुनुहुँदैन
अहिले नेपाल राष्ट्र बैंकबाट पुँजीको अवधारणा आएको छ । त्यसमा आर्थिक कारोबार कमजोर भएका बैंकहरु मर्जर हुनुपर्ने देखिन्छ । आर्थिक कारोबारमा सक्षम बैंकहरु सहजै चल्न पाउनुपर्छ भन्ने अवधारणा राष्ट्र बैंकले लिएको छ । हामी पनि व्यवस्थित ढंगबाट बैंकिङ कारोबार गर्नुपर्छ भन्ने मान्यता बोकेर काम गरेका छौँ । विकास बैंक र कमर्सियल बैंकलाई हेर्ने हो भने कमर्सियल बैंकहरु प्रायः राजधानी केन्द्रित छन् भने विकास बैंकहरुले राजधानी बाहिरबाट पनि सेवा सुरु गरेको अवस्था छ । त्यस्तै, धेरैजसो फाइनान्स कम्पनिहरु पनि राजधानी केन्द्रीत नै छन् । तर सांग्रिला डेभलपमेन्ट बैंक दुरदराजबाट सेवा सुरु गरेको हो । कमर्सियल बैंक र विकास बैंकहरुले गर्ने कारोबारमा खासै फरक छैन । कमर्सियल बैंकको निति निर्देशन र मार्गचित्रण छ । तरपनि प्राय कमर्सियल बैंकहरुको लगानी ठूलो आकारको हुन्छ । विकास बैंकहरुले सानो सानो रकमको कारोबार गर्न चाहनेलाई पनि सेवा दिँदै आइरहेका छन् । विकास बैंकको पुँजीको आकार पनि सानो भएकाले साना उद्योग व्यापार शाखाहरुमा लगानी गरेका छन् । 

बैंकिङ विकासबाटै देशको विकास हुन्छ  
पछिल्लो समय बैंकको लगानीले नछोएको सेक्टर नै छैन । वर्तमान परिप्रेक्षमा देश विकासको अभिन्न अंगका रुपमा बैंकहरुलाई लिन सकिन्छ । बैंक  एउटा यस्तो संस्था हो जसले पारदर्शीताका साथ सरकारलाई कर तिर्छ । त्यसबाहेक बैंकले लगानी नगरेको क्षेत्र नै छैनन् । देशको लागि बैंकहरुको उपस्थिति उल्लेखीय छ । बैंकिङ क्षेत्रबाट देशको विकास गर्नको लागि सरकारले पनि बैंकहरुलाई काम गर्न सक्ने वातावरण बनाइदिनु पर्छ । करका सुविधा र व्यसवसायिक क्षेत्रहरुमा पनि लगानी गर्न प्रेरित गर्ने खालका कार्यक्रमहरु सरकारी तवरबाट नै निर्माण गरियो भने बैंकहरु सहज रुपमा काम गर्न सक्ने अवस्था हुन्थ्यो । 

R poudel ppवित्तिय साक्षरताका कार्यक्रममा बैँकहरुको न्युन सहभागीता
वित्तिय साक्षरतामा बैंकहरुको भूमिका उत्तिकै महत्वपूर्ण मानिन्छ । तर विडम्बना बैंकहरुले वित्तिय साक्षरताका कार्यक्रमहरु गर्न सकेका छैनन् । हाम्रो देशमा विपन्न वर्ग र दुरदराजका मानिसलाई बैंकबारे जानकारी नै छैन् । बैंकका सेवा सुविधा कस्ता छन् भन्ने समेत थाहा नभएका मानिसहरुको लागि वित्तिय साक्षरता अति नै आवश्यक पर्छ । बैंकिङ क्षेत्रले सबै वर्गको समान प्रतिनिधित्व गर्नुपर्छ । साथै सबैको समान पहुँच हुनुपर्छ । वित्तिय साक्षरताको लागि हामीले अभियान नै बनाएर काम गर्ने सोच बनाएका छौँ । बैंकका शाखाहरु नभएको स्थानमा पनि हामीले वित्तिय सेवा प्रदान गरेका छौँ । आगामी दिनमा पुँजीको परिचालन गरि उनीहरुलाई आम्दानी कसरी गर्ने कुरा पनि सिकाउन जरुरी छ । 

कालान्तरमा बैंकहरुको भविष्य सुन्दर छ
कालान्तरमा बैंकहरुले आफ्नो भविष्य सुन्दर बनाउनको लागि अहिलेदखि नै आफ्नो सेवालाई चुस्त र दुरुस्त बनाउँदै लैजानुपर्छ । पँुजी वृद्धि र लगानीको दायरा विस्तार गर्दै गएपछि ग्राहकहरु पनि स्वतः रुपमा बढ्ने नै भए । बैंकहरु समन्वयकारी भूमिका खेलेर मर्जरमा गए भने त्यो एकदमै सकारात्मक पाटो हुनेछ । यदि हामीले हतारमा मर्जर ग¥यौ भने भोली त्यसले बैंकिङ जगतमा दुर्घटना पनि ल्याउन सक्छ । विकास बैंकको अहिलेसम्मको मौद्रिक नीति त्यति कार्यान्वयन भएको पाइँदैन । यसलाई कार्यान्वयन गर्दै जाने हो भने बैंकिङ क्षेत्र थप पारदर्शी बन्न सक्छ ।  देशमा आर्थिक अवस्था चलायमान हुन सक्ने स्थिति सिर्जना हुन्छ । त्यसैले, बैंकहरुले पनि यसतर्फ ध्यान दिएर अघि बढ्न जरुरी छ । मौद्रिक नीति सफल भयो भने गरिबीको स्तर पनि घट्नुका साथै देशको अर्थतन्त्रमा पनि त्यसले ठूलो टेवा पु¥याउँछ । यसकारण बैंकले गरेको लगानी पनि सुरक्षित हुनुपर्छ । विकास बैंकहरुको सेवा र सुविधाहरुलाई सरकारले वेवास्ता गर्नु विकास बैंक क्षेत्रको अर्को समस्या हो । त्यसैले, सबै किसिमका बैंकहरुलाई उकास्ने गरी सरकारले आफ्ना काम कारबाही अगाडी बढाउनु जरुरी हुन्छ । विकास बैंकहरु पनि कमजोर छैनन् भन्ने खालको धारणा बसैले बोक्नु आवश्यक छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]