दसैंलाई दिनहुँ १० करोडका नयाँ नोट

दसैं र तिहारका लागि भन्दै सर्वसाधारणले प्रतिदिन १० करोड रुपैयाँ बराबरको नयाँ नोट साटिरहेको राष्ट्र बैंकले जनाएको छ । यो राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट सर्वसाधारणका लागि वितरित नयाँ नोटको मात्र तथ्यांक हो । यसमा सो अवधिमा बैंक तथा वित्तीय संस्था र अरू संघसंस्थालाई वितरित नयाँ नोटको तथ्यांक समेटिएको छैन । ‘केन्द्रीय […]


सेयर बजार एकैदिन १०८ अंकले घट्यो

मौद्रिक नीतिमा गरिएकोे सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०८ अंकले घटेर २८१८.७२ अंकमा झरेको छ । कारोबार सुरु भएलगत्तै घट्न थालेको बजार २ घण्टामै ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेकसम्ममा नेप्से सूचक २७८० अंकसम्म झरेकोमा त्यसपछि […]


सरकारी खर्च नहुँदा तरलता अभाव

राजस्व संकलनमा वृद्धि, खर्च बढेन बढ्न थाल्यो ब्याज अल्पकालीन सापटीमार्फत तरलता व्यवस्थापन केही महिनायता वित्तीय प्रणालीमा लगानीयोग्य रकम (अधिक तरलता) मा देखिएको उचारचढाव अझै साम्य हुन सकेको छैन । पछिल्ला दिनमा यो झनै बढ्दो छ । सोही कारण बैंक तथा वित्तीय संस्थाले बैंक र राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएरै व्यवसायलाई निरन्तरता दिइरहेका छन् । सरकारी खर्च नभएको, राजस्व […]


बैंकलाई धितो लिलाम गर्न बाटो खुल्यो

  यज्ञ बञ्जाडे काठमाडौँ — पछिल्लो निषेधाज्ञामा पूर्णरूपमा बन्द गरिएकाबाहेक सबै क्षेत्रमा प्रवाह भएको ऋण असुलीका लागि बैंक तथा वित्तीय संस्थाले धितो लिलामी गर्न पाउने भएका छन् । अघिल्लो निषेधाज्ञा अवधिभर र उक्त अवधि सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको […]


खोप उत्पादन गर्न आधार दरमा कर्जा

खोप उत्पादनसम्बन्धी उद्योग स्थापना गर्न कर्जा माग भएमा बैङ्क तथा वित्तीय संस्थाहरूले व्यावसायिक योजना मूल्याङ्कन गरी आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार एकीकृत निर्देशिका जारी गर्दै महामारीजन्य रोगको उपचारका लागि नेपाल सरकारबाट मान्यता प्राप्त खोप उत्पादनका लागि उद्योग स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा बैङ्क तथा वित्तीय संस्थाहरूले व्यावसायिक […]


विपन्न वर्ग कर्जामा साना ऋणीलाई बेवास्ता

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्गमा कर्जा प्रवाह गर्न दिइएको न्यूनतम सीमा परिमार्जन नगरी त्यसको दायरा मात्र बढाएको छ । यस्तो व्यवस्थापछि वास्तविक विपन्न वर्गमा कर्जा नजाने हो कि भन्ने आशंका उत्पन्न भएको छ । यस्तो व्यवस्थाले बैंकहरूलाई साना ऋणीमा जानैपर्ने बाध्यता सिर्जना गरेको छैन । तोकिएको क्षेत्रमा मात्र कर्जा प्रवाह गरे पनि राष्ट्र […]


एक वर्षमा डेढ खर्ब बीमा शुल्क

आर्थिक वर्षका प्रायः महिना निषेधाज्ञा रहे पनि गत आर्थिक वर्षमा बिमा कम्पनीहरूको शुल्क संकलन करिब २७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा कम्पनीहरूले १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बिमा शुल्क उठाएका छन् । गत आर्थिक वर्षको तुलनामा यो करिब ३२ अर्ब रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बिमा कम्पनीहरूको कुल बिमा शुल्क १ […]


बैंकमा ब्याजदर घटेकाले पैसा सहकारीमा गएको आशंका

कोभिड–१९ को जोखिमबाट बच्न गत चैतदेखि सरकारले लकडाउन गरेपछि सर्वसाधारणमा नगद पैसा आफूसँगै राख्ने प्रवृत्ति बढेको देखिएको छ । लकडाउनका बेला हिँडडुलमा समस्या भएको, प्रायः बैंक तथा वित्तीय संस्था बन्द रहेकोलगायत कारण नागरिकले आफूसँगै नगद राख्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन् ।  अहिले कोभिड संक्रमण दर घट्दै गएको छ । तर नागरिकसमक्ष नगद रूपमा रहेको पैसा वित्तीय प्रणालीमा फर्किसकेको […]


क्यूआर कोडमार्फत हुने कारोबार ९१ प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको ६ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित कारोबार करिब ९० प्रतिशत बढेको छ । खासगरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर कोडमार्फतको कारोबार पछिल्लो समय उल्लेख्य बढेको हो । नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले यो वर्ष क्यूआर कोडमा आधारित कारोबारलाई पहिलो प्राथमिकतामा राखेको छ । ठूला कारोबारका लागि आरटीजीएस, आईपीएस […]


कृषिमा बैंकको लगानी ११ प्रतिशत

वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ३६ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकोमा २ खर्ब ७१ अर्ब रुपैयाँ कृषि क्षेत्रमा गएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले २०८० असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा […]