९ वाणिज्य बैंकले घोषणा गरे लाभांश : कुन बैंकको कति ?

हालसम्म ९ वाणिज्य बैंकले सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले सेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् । कम्पनीहरुले लगानीकर्तालाई नगद र सेयर बोनस गरी दुई किसिमका लाभांश दिने गर्छन् । साधारणसभाबाट पारित भइसकेपछि मात्रै लगानीकर्ताले नगद लाभांश आफ्नो बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउने छन् । सेयर बोनसले लगानीकर्ताको […]


बढ्यो बीमा व्यवसाय

सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो महिनासम्म २८ अर्ब १५ करोड बराबर बिमाबापतको शुल्क आर्जन गरेका छन्। गत आवको तुलनामा ३४.२४ प्रतिशत व्यवसाय वृद्धि भएको छ। गत आवको सोही अवधिमा २० अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेका थिए। कम्पनीहरूले सो अवधिसम्ममा ८७ लाख ९६ हजार ८८ ओटा बिमालेख बिक्री गरेर बिमा […]


नोटमा खोट

चाडपर्वका समयमा नक्कली नोट कारोबारी सक्रिय बन्छन्। यस्तो कार्यमा नेपाली र विदेशी नागरिकको नै सक्रियता नेपालमा भेटिएको छ। नेपालमा नक्कली नोटका विषयमा ज्ञान कमी भएकै कारण यस्तो कार्य फैलँदै गएको अनुसन्धान अधिकारी बताउँछन्। चाडपर्वको समयमा नक्कली नोटको कारोबार बढ्नुको मुख्य कारण भनेकै भीडभाडमा व्यापार हुनु हो। भीड भएको समयमा नोटलाई राम्ररी नहेर्ने भएकाले यस्तो क्रियाकलापमा […]


निक्षेपको ब्याजदर १० प्रतिशत नाघ्यो, कर्जाको पनि बढ्ने

आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले करिब २ खर्ब ६२ अर्ब रूपैयाँ थप कर्जा प्रवाह गर्दा निक्षेप संकलन भने करिब ५४ अर्ब मात्र तरलता अभाव तत्काल समाधान हुने सम्भावना नदेखिएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर पुन: बढाएका छन् । कात्तिक १ देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले गरेको नयाँ व्यवस्थाअनुसार एकवर्षे […]


५० अर्बका नयाँ नोट साटिए : चलनचल्तीको मुद्रा ७ खर्ब २५ अर्ब रूपैयाँ पुग्यो

यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । ‘सर्वसाधारणले ५ देखि सय रुपैयाँसम्मका गरी करिब १३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले […]


सामाजिक सुरक्षा भत्ता लिएकाले विपन्न भत्ता नपाउने !

सामाजिक सुरक्षा भत्ता लिने घरपरिवारले विपन्न भत्ता नपाउने भएका छन् । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत गरिब घरपरिवारलाई विपन्न भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । मन्त्रिपरिषद्मा विचाराधीन रहेको यो कार्यक्रमको कार्यविधि मस्यौदामा सामाजिक भत्ता पाइरहेका एकाघरका व्यक्तिले विपन्न भत्ता नपाउने उल्लेख छ । अर्थ मन्त्रालय स्रोतका अनुसार वृद्धभत्ता, अपाङ्गता भत्ता, एकल […]


२० अर्बको रिपोमा दोब्बर माग

बैंकहरुमा लगानीयोग्य रकम ९तरलता० पूर्ति गर्न नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको रिपोमा दोब्बर आवेदन परेको छ । राष्ट्र बैंकले १४ दिने अवधिको २० अर्ब रुपैयाँ बराबरको रिपोका लागि बोलकबोल खुल्ला गर्दा ४८ अर्ब भन्दा बढीको माग भएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुमा पुँजी, कर्जा र निक्षेप ९सिसिडी० अनुपात हटाएर कर्जा र […]


बैंक र बिमामा बढ्यो ज्येष्ठ नागरिकको पहुँच

सरकारले वृद्धभत्ता बैंकिङ प्रणालीबाट मात्रै दिने व्यवस्था गरेसँगै ज्येष्ठ नागरिकले धमाधम बैंक खाता खोलेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा ३ करोड १८ लाख खोलिएका छन् । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले २०७७ जेठमा वित्तीय पहुँचबारे गरेको अध्ययनले १७ लाख ९२ हजार खाता ७० वर्षमाथिका उमेर समूहको छ। यसमध्ये पुरुष ९ लाख […]


ब्याजदर बढाउँदा पनि आएन निक्षेप : पहिलेभन्दा पनि कम निक्षेप संकलन

मिलन विश्वकर्मा / वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको पहिलो साता रू. ८ अर्ब ३२ करोड मात्र नयाँ निक्षेप संकलन भएको […]


तरलता अभाव भनिए पनि १४ दिनमा ६० अर्ब ऋण प्रवाह

यज्ञ बञ्जाडे / वित्तीय प्रणालीमा अधिक तरलता अभाव हुँदाहुँदै बैंकहरूले कर्जा विस्तार तीव्र पारेका छन् । गएका १४ दिनमा बैंकबाट करिब ६० अर्ब रुपैयाँ थप ऋण प्रवाह हुनुले पनि त्यसलाई पुष्टि गर्ने जानकारहरू बताउँछन् । पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूले मात्र ५९ अर्ब रुपैयाँभन्दा बढी थप कर्जा विस्तार गरेको राष्ट्र बैंकको तथ्यांक छ । यसअनुसार गत शुक्रबारसम्म वाणिज्य […]