क्यूआर कोड भुक्तानी बढ्दै

थप व्यवस्थित गर्ने तयारीमा राष्ट्र बैंक बजारमा अहिले विभिन्न संस्थाले प्रयोगमा ल्याएको नयाँ उपकरण क्यूआर कोडबाट हुने भुक्तानीको कारोबार बढ्दै गएको छ । एकै महीनामै क्यूआर कोडबाट थप ८५ हजार ९ सय ७५ को संख्यामा रू.३२ करोड १० लाख कारोबार भएको छ । गत असोजमा मात्रै २ लाख ६५ हजारको संख्यामा रू. ९६ करोड ९० […]


सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी नेपालबाटै

राष्ट्र बैंकले यसअघि सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक भुक्तानी रोके पनि चोर बाटोबाटै पैसा बाहिरिइरहेको थियो । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । यस्तो व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी हुन भने बाँकी छ । निर्देशन जारी भएपछि अमेरिकी […]


लागत वृद्धि, आयात प्रभावित

उद्योगलाई कच्चा पदार्थ अभाव, बजार मूल्यमा असर अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले ढुवानी भाडा अत्यधिक वृद्धि गरेपछि नेपालको आयात प्रभावित बनेको छ। औद्योगिक क्षेत्रमा कच्चा पदार्थ अभाव भएको छ भने बजारमा सामानको भाउ बढ्न थालेको छ। उद्योग वाणिज्य महासंघ प्रदेश १ का कोषाध्यक्ष रमेश राठीले चीनबाट भारतको कोलकातासम्म २० फिटको कन्टेनरको ढुवानी खर्च ९ सयबाट वृद्धि भई […]


सर्वोच्चले भन्यो– ‘करको विवाद भए नियमित प्रक्रिया अपनाउनू’

कर निर्धारणसम्बन्धी विवाद निरुपण गर्ने नियमित निकायहरुमा न्याय नखोजी सोझै वैकल्पिक कानुनी उपचारको बाटो खोजी आफूकहाँ आउनु गलत हुने अदालतको व्याख्या    कर निर्धारणसम्बन्धी विवादमा नियमित प्रक्रिया नाघेर वैकल्पिक कानुनी उपचार खोज्न नमिल्ने भनी सर्वोच्च अदालतले व्याख्या गरेको छ । कर निर्धारणमा विवाद भए अन्तरिक राजस्व विभाग हुँदै राजस्व न्यायाधिकरणमार्फत कानुनी उपचार खोज्नुपर्ने भनी व्याख्या गरेको हो । […]


बीमाक्षेत्रमा पनि एनएफआरएस प्रणाली

पहिलो चरणमा निर्जीवन र पुनर्बीमा कम्पनीमा लागू  बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने भएको छ । बीमा समितिले पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउन निर्देशन दिएकाले उनीहरूले पनि यस्तो प्रणालीअनुसार वित्तीय विवरण बनाउनुपर्ने भएको हो । समितिले […]


बैंकको चार करोडभन्दा बढी ब्याज छुट

कोरोना भाइरस(कोभिड १९) को महामारीको समयमा बैंकले आफ्ना सदस्यलाई ब्याजमा भारी छुट दिएको छ। साधारणसभाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैंकले ४ करोड २२ लाख २८ हजार २ सय ८२ रुपैयाँ ब्याज छुट दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए। बैंकले गत आर्थिक वर्षमा २७ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ […]


कर्जा र बचतमा ब्याजदर बढ्ने

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर बढ्ने भएको हो । राष्ट्र बैंकले मुद्दती निक्षेप र अन्य साधारण बचत खाताको ब्याजदर ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेपछि बचतकर्ताको ब्याज पनि बढ्ने भएको छ । बचतको ब्याज थोरै […]


बौद्धिक सम्पत्तिको रोयल्टी बाहिरियो एक अर्ब

टे«डमार्क, पेटेन्ट, डिजाइनजस्ता बौद्धिक सम्पत्तिको प्रयोगबापत नेपालबाट ठूलो रकम बाहिरिन थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामै बौद्धिक सम्पत्तिको प्रयोग गरेबापत एक अर्ब २० करोड रुपियाँ नेपालबाट विदेश गएको छ । गत आवको सोही अवधिसम्म छ करोड ५० लाख रुपियाँ नेपालबाट बाहिरिएको तथ्याङ्कले देखाउँछ । खासगरी विदेशका […]


प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत ४३ करोड २६ लाख  ५५ हजार ५७२ रुपैयाँ राजस्व असुल गरेको छ। गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी बहाल करमा २१ करोड ५० लाख असुल गरेको छ। त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा चार करोड ४४ लाख असुल गरेको […]


वित्त र मौद्रिक नीतिका कार्यक्रमहरुको कार्यान्वयन गर्छौं :अर्थमन्त्री पौडेल

दोहोरो करले निजी क्षेत्रको मनोबल खस्केको छ : महासंघ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरु आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता […]