अनुदानको कृषि ऋण लिएर घरजग्गा र गाडी

बैंकिङ खबर/ उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत प्रवाह भएको कृषि ऋण घरजग्गा खरिद गर्न, गाडी, मोटरसाइकल किन्नलगायत अनुत्पादक क्षेत्रमा लगानी भएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्थालाई जवाफदेही बनाउन नसक्दा उक्त कर्जा कार्यविधिविपरीत लगानी भएको र अपेक्षित रूपमा लक्षित समूहमा पुग्न […]


जग्गा खरिद र प्लटिङमा कर्जा वृद्धिदर उच्च

बैंकिङ खबर/ लगानीयोग्य रकम अभावका कारण बैंक तथा वित्तीय संस्थाले मागअनुसार कर्जा विस्तार गर्न नसकेको भनिएका बेला धेरै कर्जा व्यावसायिक प्रयोजनका लागि जग्गा खरिद र प्लटिङमा लगानी भएको छ । चालु आर्थिक वर्षका नौ महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको क्षेत्रगत वितरण हेर्दा ठूलो रकम जग्गा खरिद र प्लटिङमा उपयोग भएको राष्ट्र बैंकको मासिक […]


विदेशी मुद्रामा रेमिट्यान्सको योगदान ५६ प्रतिशत

बैंकिङ खबर/ मुलुकको कुल विदेशी मुद्रा (सञ्चिति) मा रेमिट्यान्सको योगदान करिब साढे ५६ प्रतिशत देखिएको छ । विदेशी मुद्राको स्रोत सम्बन्धमा पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा उक्त अवधिमा रेमिट्यान्यको योगदान औसत ५६.४ प्रतिशत देखिन्छ । यसले नेपालको विदेशी मुद्रा सञ्चिति रेमिट्यान्समा धेरै आश्रित रहेको पुष्टि हुन्छ । विदेशी मुद्राका अन्य स्रोत निर्यात, पर्यटन (सेवा), विदेशी ऋण तथा […]


वित्तीय र बीमा क्षेत्रको वृद्धि ६.०६ प्रतिशत हुने प्रक्षेपण

बैंकिङ खबर/ केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७८/७९ मा वित्तीय र बीमा क्षेत्रको वृद्धि ६.०६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो करिब २ प्रतिशत बिन्दुले बढी हो । कोभिडको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण गएका दुई आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्रको वृद्धिदर खुम्चिएको थियो । कोभिडको जोखिम कम भएपछि मुलुकमा आर्थिक […]


पृथ्वी शाहको शंकास्पद कारोबार : ५० कारोबार, ४४ करोड रकम

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको विस्तृत विवरण प्राप्त भएको छ ।  उनले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५० वटा कारोबार गरेका थिए । ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरिएको सम्पत्ति […]


राष्ट्र बैंकको सुझाव अर्थमा अलपत्र

बैंकिङ खबर/ अर्थतन्त्रमा जोखिम बढेकाले विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकले दिएको सुझाव अर्थ मन्त्रालयले ११ दिनसम्म बेवास्ता गरेपछि बैंकहरू आफैंले आयात नियन्त्रणको कदम उठाएका छन् । अत्यावश्यकबाहेक सामग्रीका लागि प्रतीतपत्र (एलसी) नखोल्न राष्ट्र बैंकले दिएको मौखिक निर्देशनअनुसार बैंकर्स संघले औपचारिक निर्णय गरेको हो । वाणिज्य बैंकहरूको छाता संगठनको निर्णयपछि अब बैंकहरूले गाडी, मोबाइल, चुरोट, रक्सी, सजावटका […]


तरलता अभाव लम्बिने संकेत

बैंकिङ खबर/ आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा पनि वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभावको अवस्थामा सुधार आएको छैन । आर्थिक वर्षको चौथो त्रैमासमा सरकारी खर्च बढ्ने भएकाले तरलता अभावको समस्या समाधान हुने अपेक्षाविपरीत अवस्था झन् विकराल बन्दै गएको हो । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) निर्देशित सीमा (९० प्रतिशतभन्दा माथि) भन्दा माथि पुगेको, […]


कर्जा लिएर सेयरमा लगानी गर्ने घटे

बैंकिङ खबर/ पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेका छन् । तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले लगानीकर्ताको संख्यामा उल्लेख्य कमी आएको जानकारहरू बताउँछन् । यसको प्रत्यक्ष असर सेयर बजारमा पनि परेकाले नेप्से लगातार जसो घटेको उनीहरूको दाबी छ । बिमा कम्पनीहरूको चुक्ता पुँजी […]


बैंकहरूद्वारा अनुत्पादक क्षेत्रमा आक्रामक रूपमा कर्जा विस्तार

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति लिए पनि बैंक तथा वित्तीय संस्थाहरूको अधिकांश कर्जा आयात तथा उपभोगमै जान थालेको छ। उत्पादनशील क्षेत्रमा कर्जाको माग नभएको भन्दै बैंकहरूले अनुत्पादक क्षेत्रमा आक्रामक रूपमा कर्जा विस्तार गरेका हुन्। राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले निर्माण क्षेत्रमा प्रवाह हुने कर्जा घटाएर भए पनि आयात तथा उपभोगका लागि […]


राजस्व संकलन उत्साहजनक, पुँजीगत खर्च निराशाजनक

बैंकिङ खबर/ चालू आर्थिक वर्षको ८ महिनामा सरकारले २० प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने प्रतिबद्धताका बाबजुद सरकारले यो अवधिमा ७७ अर्ब १४ करोड रुपैयाँ अर्थात् २०.४ प्रतिशतमात्र खर्च गर्न सकेको हो। सरकारले चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। […]