सहकारी ठगीसम्बन्धी मुद्दामा अध्यक्षसहित तीनजना पक्राउ

बैंकिङ खबर/ जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीसम्बन्धी कसुरमा तीन जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित सञ्चालनमा रहेको श्री विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा तीन जनालाई पक्राउ गरिएको हो। सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूसमेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी […]


समस्याग्रस्त तीन सहकारीलाई लक्षित गर्दै व्यवस्थापन समितिको ६ बुँदे निर्देशन जारी

बैंकिङ खबर/समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित भएका हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका ऋणी, सञ्चालकलाई लक्षित गरी ६ बुँदे निर्देशन जारी गरेको छ । सहकारीका सञ्चालक तथा कर्मचारीले सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोवार […]


माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ जेल चलान

बैंकिङ खबर/पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास सफ्टवेयरका […]


सहकारीमा समस्या आउँदा बैंकमा पनि समस्या आयोः गभर्नर अधिकारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा समस्या आउदा बैंकमा पनि समस्या आएको बताएका छन्। नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। गभर्नर अधिकारीले सहकारीको रिपेमेन्ट घट्दा त्यसले बैंकमा पनि असर परेको बताए। ‘आर्थिक स्थिति सबल छ तर फिलिङ नकारात्मक छ। आर्थिक सिथिलता भयो भनेर सुनिन्छ,’ उनले भने, ‘बिदेशी […]


ठूला सहकारीको अनुगमन शुरु: करिब १ दर्जन सहकारी संस्थाहरुको अनुगमन गरिने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुसँग मिलेर सहकारी विभागले ठूला सहकारी संस्थाहरुको अनुगमन शुरु गरेको छ । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा तीनवटा समूहले समस्यामा परेका र सञ्चालमा रहेका करिब १ दर्जन सहकारी संस्थाहरुको अनुगमन गर्नेछ । सहकारी संस्थाको अनुगमनका लागि राष्ट्र बैंकले उपनिर्देशक डा. रमेश चौलागाईं, लघुवित्त विभागका रमेश पौडेल र गैरबैंकिङ वित्तीय […]


सहकारी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

बैंकिङ खबर/प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गरिन् । सांसद बिना […]


कान्तिपुर सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी

बैंकिङ खबर/ कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी प्रहरीको नियन्त्रणमा छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको छ । ५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् । अहिले उनी काठमाडौँ महानगरपालिका–३२ मा बस्छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा […]


कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ

बैंकिङ खबर/ कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा सो सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको […]


सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छुः प्रचण्ड

बैंकिङ खबर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। […]


रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले बुझाए जाहेरी

बैंकिङ खबर/ सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरूको जाहेरी प्रहरीले बुझे पनि दर्ता भएको छैन । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् […]