महालक्ष्मी विकास बैंकबाट कृष्णराज लामिछाने बाहिरीदै

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कृष्णराज लामिछानेले राजीनामा दिने भएका छन् । कार्यकाल बाँकी रहेको भएतापनि साउन १ गतेबाट लागू हुने गरी लामिछानेले राजीनामा माग गरेका हुन्। सञ्चालक समिति र लामिछानेबीच मतभेद बढ्दै गएपछि राजीनामाको माग आएको बुझिएको छ ।


मुक्तिनाथ क्यापिटलको सिईओमा कविन्द्रध्वज जोशी नियुक्त

बैंकिङ खबर ।  मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रमध्वज जोशी नियुक्त हुनुभएको छ । आजमिति २०७७ जेष्ठ १ गते उहाँले मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गर्नु भएको छ । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । वहाँले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशकभन्दा […]


ज्योति विकास बैंकको सीइओबाट मनोज ज्ञवाली बाहिरिंदै

बैंकिङ खबर । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली बाहिरिदैछन् । ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनी २ वर्ष बाँकी छँदै बैंकबाट बाहरिने निर्णयमा पुगेका हुन् । ज्ञवालीले बैशाख १५ देखि बैंक छाड्ने जनाइएको छ । चार्टर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवालीसँग नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव समेत छ ।


राष्ट्रिय वाणिज्य बैंकको सीईओमा किरण कुमार श्रेष्ठ पुनः नियुक्त

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरण कुमार श्रेष्ठ फेरि नियुक्त भएका छन्। बैंकका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै सीईओमा दोहोर्‍याउने निर्णय गरेको हो। श्रेष्ठ वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षसम्म रहनेछन् । उनले आफ्नो कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन […]


हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा पुन: नियुक्त

बैंकिङ खबर । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा आगामी चार बर्षका लागि पुन नियुक्ति भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई पुन प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको हो । २३ बर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय उनको आगामी कार्यकाल बैशाख १ गतेबाट सुरु हुने छ । हिमालयन बैंकमा २० प्रतिशत […]


माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला

बैंकिङ खबर । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकको ४१७ औं संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा कोइरालालाई नियुक्त गरेको हो। आगामी वैशाख १ देखि लागू हुनेगरी ४ वर्षको लागि उनलाई नियूक्त गरिएको बैंकले जनाएको छ। हाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका उनले माछापुच्छ्रे बैंकमा ७ वर्ष […]


कार्यबाहक गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई

बैंंकिङ खबर । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ । मन्त्री स्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिइएको अर्थमन्त्रालयले जनाएको छ । गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको हो । गभर्नर डा. चिरंजीवि नेपालले ५ वर्षे कार्यकाल पुरा पुरा गरि […]


गरिमा विकास बैंकको सीईओमा गोविन्द ढकाल पुनः नियुक्त

बैंकिङ खबर । गरिमा विकास बैंकले प्रमुख कर्यकारी अधिकृतमा पुनः गोविन्द प्रसाद ढकाललाई नियुक्त गरेको छ । हालसम्मको कार्यसम्पादन प्रभावकारी रहेको मूल्यांकलन गर्दै बैंकको विहीबार बसेको संचालक समितिको बैठकले उनलाई चार वर्षका लाग पुनःनियुक्त गर्ने निर्णय गरेको हो । ढकालको कार्यकाल २०७७ बैशाख १ गतेदेखि लागू हुनेछ ।


कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

बैंकिङ खबर । लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन्। बुधबार सञ्चालक नियुक्त भएका उनलाई बैंक सञ्चालक समिति बैठकले अध्यक्ष चयन गरेको हो । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रहेका निरौलालाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सफथ गराएका छन् । राष्ट्र बैंकको सेवाबाट अवकाश हुनुअघि निरौला मुद्रा ब्यवस्थापन विभागका कार्यकारी […]


प्रभु क्यापिटलको ११ औं वार्षिक साधारण सभा फागुनमा

बैंकिङ खबर । प्रभु क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा फागुन ११ गते हुने भएको छ । कम्पनीको गत आवको नाफा नोक्सान र अन्य निर्णयका लागी साधारण सधा बोलाइएको हो ।उक्त सभा प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा दिउँसो ३ बजे हुने भएको हो । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा […]