नेपालको जलविद्युतमा लगानी गर्न एसियाली मुलुकका बैंकका सीईओहरुलाई अर्थमन्त्रीको आग्रह

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले एसियाली मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र […]


लघुवित्तको न्यूनतम पूँजीकोष अनुपात १५ प्रतिशत, कर्जा नोक्सानी व्यवस्थामा कडाइ

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्तको समस्या समाधानका लागि गठन गरेको अध्ययन समितिले पूँजीकोष १५ प्रतिशत कायम गर्न सुझाव दिएको छ । मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा पूँजीकोष अनुपात चरणबद्ध रुपमा बढाइ १५ प्रतिशत पुर्‍याउने सुझाव दिएको हो । ‘लघुवित्त क्षेत्रलाई बिस्तारै समायोजनको लागि समय दिन यसप्रकारको पूँजीकोष वृद्धि गर्न आगामी ३ देखि ५ वर्षको समय […]


एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने गरेको देखाएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको २०७९ फागुन १० गतेको बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित सात सदस्यीय लघुवित्त–वित्तीय संस्थाको […]


नियतवश ऋण नतिर्नेहरूलाई लघुवित्तले कालोसूचीमा राख्न पाउने

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नियतवश नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्नुपर्ने अध्ययन प्रतिवेदनको निष्कर्ष छ। लघुवित्त वित्तीय संस्था समस्या र समाधान अध्ययन प्रतिवेदनले नियतवश ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्नुपर्ने निष्कर्ष निकालेको छ। आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्था समस्या र समाधान अध्ययन प्रतिवेदनले तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन लैजाने उल्लेख गरेको छ। […]


बैंकर संघले नेपालमा एसियन सीईओहरुको सम्मेलन गर्ने

बैंकिङ खबर/ बैंकर संघ नेपालले एसियन सम्मेलन गर्ने भएको छ। यही कात्तिक २३ र २४ गते एसियन सम्मेलन हुने भएको हो। उक्त सम्मेलनमा बढ्दो ब्याजदर, डिजिटल ट्रान्सफरमेसनको बारेमा छलफल बैंकर संघले जनाएको छ । कार्यक्रममा विभिन्न देशका ७० जना सीईओको सहभागिता रहने उल्लेख छ। हिमालयन बैंकका सीईओ अशोक शमशेर जबराले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम […]


म्युचुअल फण्डले आईपीओ ६ महिनासम्म बिक्री गर्न नपाउने

बैंकिङ खबर/अब सामुहिक लगानी कोष(म्युचुअल फण्ड) ले आईपीओ बाँडफाँट भएको ६ महिनासम्म बिक्री गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सोमबार अब म्युचुअल फण्डलाई सेयर बाँडफाँट भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न प्रतिबन्ध लगाएको हो । बोर्डका अनुसार यो नियम आगामी कात्तिक २१ गतेबाट लागू हुने छ। बोर्डका अनुसार संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने […]


घरजग्गा कारोबार बढ्न थाल्यो

बैंकिङ खबर/घरजग्गा कारोबारमा क्रमिक सुधारको सङ्केत देखिन थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले अघिल्लो वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार पाँच गुणा भन्दा धेरैले बढेको देखाएको हो । पछिल्लो तीन महिना अर्थात्‌ साउन, भदौ र असोजको कारोबारसम्बन्धी विभागको तथ्याङ्क हेर्दा क्रमिक रूपमा बढ्न थालेको पाइएको छ । गत साउनमा […]


नेपालीहरूको जनसंख्या भन्दा बैंक खाता झण्डै दोब्बर

बैंकिङ खबर/नेपालमा वास्तविक नेपालीहरूको संख्या भन्दा झन्डै दोब्बर संख्यामा बैंक खाता सञ्चालनमा रहेको पाइएको छ । वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म बैंकहरुको निक्षेप खाताको संख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालको […]


अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

बैंकिङ खबर/ वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरे । […]


विकास बैंकहरुको नाफामा सामान्य वृद्धि, कुनको कति ?

बैंकिङ खबर/विकास बैंकको नाफा भने सामान्य बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्रिय स्तरका विकास बैंकको नाफामा केही सुधार देखिएको हो । वाणिज्य बैंकको नाफा औसतमा १८ प्रतिशतले घट्दा विकास बैंकको नाफामा भने झिनो सुधार देखिएको छ । ८ वटा विकास बैंकको नाफा तीन महिनाको अवधिमा ०.९४ प्रतिशतले बढेको छ । तीन महिनामा […]