बैंकिङ कसुरमा बैंकर्सहरुः किन तानिन्छन् बारम्बार !

बैंकिङ खबर/ कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा हालै प्रहरीले सिइओसहित चार जनालाई पक्राउ गर्यो । ईलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको हो । उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र […]


सरकारी तीन वाणिज्य बैंक मर्जरमा जाँदा उपयुक्त हुन्छः गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताए । बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको भएपनि बैंकहरु आफैंले व्यावसायिक […]


बैंकिङ क्षेत्र स्थिर, तर प्रशस्त चुनौती

बैंकिङ खबर/ बैंकिङ क्षेत्रले सन् २०२३ मा अन्तर्राष्ट्रिय र राष्ट्रिय अर्थतन्त्रका चुनौतीहरूको सामना गर्नेछ । जसका लागि स्थिर बृहत् आर्थिक अवस्था र सन्तुलन आवश्यक पर्नेछ । तरलता ग्यारेन्टी भियतनाममा सन् २०२२ को लागि जिडिपी वृद्धि मुद्रास्फीति नियन्त्रणमा आठ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको थियो । औसत उपभोक्ता मूल्य सूचकांक(सिपीआइ)३.३ प्रतिशत (लक्ष्य करिब चार प्रतिशत थियो) वृद्धि […]


बैंकिङ कसुरः ९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र हाजिर हुन उच्चको आदेश

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो । अदालतको आदेशअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २३ बमोजिम पहिलो पटक उनीहरु को नाममा तीन दिने […]


अर्थतन्त्र सुधारउन्मुख, शोधानान्तर स्थिति २० अर्ब रुपैयाँले बचतमा

बैंकिङ खबर/ नेपालको आर्थिकस्थिति सुधार हुँदै गइरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार अर्थतन्त्रका विभिन्न सूचकमा सुधार आएको देखिएको छ । कात्तिकसम्म शोधनान्तर स्थिति २० अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको कात्तिकमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले […]


‘ब्याजदर नियन्त्रण गर, गरी खान देऊ’(फोटोफिचर)

बैंकिङ खबर/ सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा अटो व्यवसायीहरुले बिहीबार काठमाडौंको माइतीघरमा बिहान ११ बजेबाट विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन् । धर्ना दिउँसो २ बजेसम्म दिइने नाडाले जनाएको छ । प्रदर्शनमा उत्रिएका अटो व्यवसायीहरुले ‘ब्याजदर […]


नेपालमा शंकास्पद आर्थिक कारोबार ८१ प्रतिशतले बढ्योः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपालमा पछिल्लो केहि समययता शंकास्पद आर्थिक कारोबार तथा गतिविधि दोब्बरले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआईयू नेपाल’ को गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले शंकास्पद कारोबारको उजुरी ८१.३४ प्रतिशतले बढेको देखाएको हो । नेपालमा अहिले सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका प्रयासबारे अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफटिएफ)को एसिया प्रशान्त क्षेत्र […]


सम्पत्ति शुद्धिकरणः कानूनमा अत्याधिक कडा, व्यवहारमा निरीह

बैंकिङ खबर/ नेपालमा कानूनी व्यवस्थामा सम्पत्ति शुद्धिकरणमा अत्याधिक कडा भएपनि व्यवहारमा भने लागू हुन सकेको छैन । गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयास नै सम्पत्ति शुद्धीकरण हो । यो वित्तीय कारोवारको त्यस्तो पाटो हो, जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास […]


बैंकिङ कसुरबाट बच्न बैंक/वित्तमा कार्यरत कर्मचारीले यी सावधानीहरु अपनाउनुहोस्

बैंकिङ खबर/ पछिल्लो समय निकै नै चर्चामा आएको विषय हो बैंकिङ कसुर । बैंकिङ कसुरकै कारण दिनप्रतिदिन विभिन्न व्यक्तिहरु जेल चलान भएका छन् । नेपालको इतिहासमा बैंकका प्रमुख कार्यकारी अधिकृतदेखि शाखा प्रबन्धकसम्मले बैंकिङ कसुरको सजाय भोगिरहेका छन् । बैंकमै कार्यरत कर्मचारीहरुमध्ये करिव २ दर्जन व्यक्तिहरु अहिले पनि जेलमा छन् । त्यसैगरी एकदर्जन बढी फरार अवस्थामा […]


मौद्रिक नीतिको समीक्षाले सबैको सुझावलाई सम्बोधन गरेको छः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हालै मात्र स्प्रेडदर घटाउँदै मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घटेर कर्जाको ब्याजदरमा सन्तुलन आउने राष्ट्र बैंकको विश्वास छ । मौद्रिक समिक्षामार्फत […]