राष्ट्र बैंकको ३ बुँदे नयाँ निर्देशन : व्याजदर बढाउने बैंकमाथि अंकुश

केही बैंकहरुले व्याजदर बढाएर निक्षेप संकलन गरिरहेका बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको छ । बैंकहरुले निक्षेपमा दोहोरो अंकको व्याजदर सम्म व्याज बढाएका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गरी ब्याजदर बृद्धिलाई रोकेको छ । अब बैंकहरुले ब्याजदर परिवर्तन गर्दा एक महिनाको अन्तरमा १० प्रतिशतभन्दा बढी व्याज […]


वाणिज्य बैंक घटाउने राष्ट्र बैंकको नीति : वाणिज्य बैंकहरु मर्जर भए सुविधा बढाउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबीचमा मर्ज भएमा सुविधा दिँदै बाणिज्य बैंकको संख्या कटौतीको नीति लिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकबीचमा मर्ज भएमा मात्र सुविधा दिने नीति लिएको हो । दुइवटा बाणिज्य बैंक मर्ज भएमा नेपाल राष्ट्र बैंकले त्यहाँबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण […]


बजारमा नक्कली नोटको विगविगी : कसरी छुट्याउने सक्कली र नक्कली ?

बैंकिङ खबर । कुनै पनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी […]


गरिबीबाटै अर्वपति बनेका विश्वका नमुना व्यक्तिहरु (अनुकरणीय कथा)

बैंकिङ खबर । सबै अर्बपतिहरु धनी परिवारमा जन्मेर सुखसयला हुर्केका हुँदैनन् । संसारमा यस्ता थुप्रै धनाढ्यहरु छन्, जसको बाल्यकाल गरिबीमा बित्यो । गरिबीसँग लड्दै आफ्नो जीवनस्तर उकासेर हाल अर्वपति बनेका यस्ता व्यक्तिहरु विश्वमै उदाहरणीय छन् । उनीहरुको संघर्षको कथा अनुशरणीय छन् । केही यस्तै अनुशरणीय व्यक्तिहरुको बारेमा यहाँ चर्चा गरिन्छः ल्यारी एलिसन सफ्वेयर डेभलपमेन्ट कम्पनी […]


व्याजदर बृद्धिमा राष्ट्र बैंकको एक्सन : मनपरी व्याजदर बढाउने बैंकवित्त कार्बाहीमा पर्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आफुखुसी व्याजदर बढाउने बैंकवित्तलाई कार्बाही गर्ने भएको छ । बेंकवित्तले निक्षेप संकलनमा आफूखुसी व्याजदर बढाइरहेका बेला राष्ट्र बैंकले कार्बाही गर्ने बताएको हो । केही बैंकहरुले निक्षेपमा १० प्रतिशतसम्म व्याजदर तोकेका छन् । मंगलबार राष्ट्र बैंकले बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोशियसन तथा वित्तीय संस्था संघका अध्यक्षहरुलाई बोलाएर नियम विपरित निक्षेपको […]


गभर्नर महाप्रसाद अधिकारीलाई जबरजस्त विवादित बनाउन खोजिँदै !

बैंकिङ खबर । पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अनाश्वयक तथा जबर्जस्ती विवादमा तान्न थालिएको छ । अधिकारी राष्ट्र बैंकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले मुलुक लकडाउन भएको अवस्थामा २०७६ चैत २४ गते गभर्नरको जिम्मेवारीमा नियुक्त भएका थिए । उनलाई तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्ति गरेका हुन् । अधिकारी खतिवडा गभर्नर हुँदा […]


डिजिटल कारोबारका फाइदै-फाइदा ; राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलका टिप्सहरु !

भुवन कँडेल कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा विगत ५/७ वर्ष अगाडिदेखि नै विभिन्न नीतिहरु तर्जुमा गर्दै आएको छ । राष्ट्र बैंकले यस बीचमा विभिन्न पोलिसीका पेपरहरु पनि तर्जुमा गरेको छ । ‘भुक्तानी तथा फछ्र्योट ऐन २०७५’ तर्जुमा भएर आइसकेपछि पुन : ‘भुक्तानी तथा फछ्र्योट नियमावली २०७७’ समेत आइसकेको छ । […]


महालेखा परीक्षकको प्रतिवेदनले हल्लायो बैंकिङ क्षेत्र : रकम असुल्न राजस्व विभाग सक्रिय

बैकिङ खबर । महालेखा परीक्षकले २०७७ असार मसान्तसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाले साढे ४ अर्ब रुपैयाँ कर छली गरेको ठहर गरेपछि आन्तरिक राजस्व कार्यालय सक्रिय भएको छ । महालेखाले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा संस्था मर्जर तथा प्राप्ति गर्ने बैंकले साढे ४ अर्ब रुपैयाँ आय कर नबुझाएको उल्लेख गरेको थियो । सोही आधारलाई […]


कर्जा भुक्तानीको म्याद थपसहित राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन (पूर्ण पाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित क्षेत्रहरुको मुल्याङकन गरी एक बर्षदेखि २ बर्षसम्म कर्जा भुक्तानी म्याद थप गर्न बैंकवित्तलाई निर्देशन दिएको छ । निर्देशन अनुसार रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अबरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीलाई आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा […]


मौद्रिक नीति : खास के छ ? बुँदा बुँदामा अध्ययन सामग्री !

बैंकिङ खबर । कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरुको पुनरुत्थान गर्दै अर्थतन्त्र बिस्तारमा सहयोग पु¥याउन मौद्रिक सहजीकरण गर्नुपर्ने र आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न कसिलो मौद्रिक नीति अवलम्बन गर्नुपर्ने अवस्थाबीच तालमेल मिलाई मौद्रिक नीतिको सन्तुलित कार्यदिशा अवलम्बन गरिनेछ । मूल्य तथा वाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने दवावतर्फ सजग रहँदै मौद्रिक नीतिको अंकुश ( ब्लअजयच) को रुपमा रहेको विद्यमान […]