दमकमा विश्व बैंकले पाँच अर्ब लगानी गर्ने

दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्ष्भित्रमा योजनाको अध्ययन र छनोटसमेत […]


विकसित हुँदै गाउँहरु, बैंकको शाखा बढेसँगै लगानी पनि बढ्यो

धमाधम बैंकहरुको शाखा खुल्न थालेपछि ग्रामिण भेगहरु पनि विकसित हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले ग्रामीण क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई बेलाबेलामा निर्देशन दिने गरेको भएपनि बैंकहरुले ग्रामीण भेगमा गरेको लगानी सुरक्षित नहुने भन्दै सो निर्देशन मानिरहेका थिएनन् । तर, पछिल्लो समय भने ग्रामीण भेगमा लगानी लगानी विस्तार भइरहेको छ ।  लघुवित्त […]


लगानीसम्बन्धी प्रशासनिक झन्झट तत्काल हटाउने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा देखिएको प्रशासनिक झञ्झट तत्काल हटाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार बसेको लगानी बोर्डको २७ औँ बैठकमा प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानून संशोधन गर्न सरकार तयार रहेको बताएका छन् ।  प्रधानमन्त्री देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गरेर रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धितर्फ […]


ठूला व्यवसायिक ग्रुपको निशानामा होटल व्यवसाय, छोटो समयमा नै लगानीको ओइरो

पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् । पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी […]


भारतीय लगानी भित्राउन विशेष लगानी सम्मेलन आयोजना गरिने

भारतीय लगानी भित्राउनको लागि नेपालमा विशेष लगानी सम्मेलन आयोजना गरिने भएको छ । नेपालको विदेशी लगानीमा सबैभन्दा बढी हिस्सा ओगट्ने भारतीय लगानी पछिल्लो समय घट्दो क्रममा रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन आयोजना गर्न लागेको जनाएको छ ।  महासंघमा नयाँ नेतृत्व आएको १०० दिन भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघले असोजसम्ममा लगानी सम्मेलन […]


विपन्न वर्गमा दुई प्रतिशत कर्जा अनिवार्य नहुने

वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने दुई प्रतिशतको कर्जा अनुपात अब अनिवार्य नहुने भएको छ । आर्थिक वर्ष २०७४।७५को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरंजीबि नेपालले वाणिज्य बैंकहरुले विपन्न वर्ग अन्तर्गत प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने न्यूनतम २ प्रतिशतको कर्जा अनुपात अनिवार्य नहुने व्यवस्था गरिएको जानकारी दिए । वाणिज्य बैंकले आफ्नो कुल कर्जा […]


विदेशी लगानीकर्तालाई उपराष्ट्रपतिको आह्वान : नेपालमा लगानी गरेर मुनाफा लैजानुहोस्

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले बिआरआईमा समाहित राष्ट्रहरुका उद्यमीहरुलाई नेपालमा लगानी गर्न र मुनाफा कमाएर लान आह्वान गरे।  नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा […]


सेयर लगानीकर्तालाई जलविद्युत्मा अपरचुनिटी

सुष्मा थापा । सेयरमा लगानी गर्न चाहनेलाई जलविद्युत् क्षेत्रमा ठूलो अवसर आउँदैछ । थुप्रै जलविद्युत् कम्पनीहरु यतिबेला आईपिओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् । पछिल्लो समय जलविद्युत् कम्पनीहरु खोल्ने क्रम पनि बढ्दै गएकाले अझ बढी अवसरहरु प्राप्त हुने देखिन्छन् ।  धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा आठ कम्पनी बुटवल पावर कम्पनीले प्रतिकित्ता ५१८ […]


उद्योग क्षेत्रमा लगानी बढ्यो, ११ महिनामा ४३३ उद्योग थपिए

देशको अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२।७३ को तुलनामा आव २०७३।७४ मा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा लगानी गर्ने क्रम बढेको छ । गत आवमा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा रू. एक खर्ब २२ अर्ब ७० लाख लगानी भएकामा चालू आवको […]


निजामति कर्मचारीहरुको लगानीमा छ सय ८० मेगावाटको आयोजना बन्दै

छ सय ८० मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निजामति कर्मचारीहरुको लगानीमा बन्ने भएको छ । कर्मचारी सञ्चय कोषले कोषमा जम्मा गर्ने कर्मचारीहरुको कोष कट्टी गर्दै बेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्न उर्जा मन्त्रालयले अनुमति दिएको हो ।  उर्जा मन्त्रालयको अनुमति पाएसँगै कर्मचारीहरुको लगानीमा सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल […]