१२ करोड निजी लगानीमा प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण सुरु

बैंकिङ खबर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका(१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि […]


उत्पादन क्षेत्रमा बैंकको लगानी पुगेन, अटो र घरजग्गामा उच्च

बैंकिङ खबर।  वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था छ ।  २५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहे पनि बैंकहरु भने तोकिएको सीमासम्म पुग्न सकेका छैनन्। असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ६. ४ र उर्जा तथा पर्यटनमा […]


कृषि क्षेत्रमा विकास बैंकको उत्साहजनक लगानी

बैंकिङ खबर । रुपन्देहीमा रहेका विकास बैंकले कृषि क्षेत्रमा उत्साहजनक लगानी गरेका छन् । बैंकले गरेको लगानीबाट कृषिजन्य आयात रोक्न सघाउ पुग्ने र व्यापार घाटासमेत कम हुने विश्वास गरिएको छ । खासगरी पशुपालन, कुखुरापालन, मत्स्यपालन र तरकारी खेतीमा विकास बैंकले लगानी गरेका छन् । बुटवलमा रहेको साइन डेभलपमेण्ट बैंकका कार्यकारी प्रमुख प्रकास पौडेलले भने “मुलुकलाई […]


सहयोगी विकास बैंकले महिन्द्रा ब्राण्डको तीन चक्के सवारीमा लगानी गर्ने

बैंकिङ खबर । सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा जनकपुरमा रहेको अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रा.लि. सँग संझौता सम्पन्न भएको छ । संझौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल, अशोक ट्रेडर्सको तर्फबाट प्रोपाइटर आशिष शाह र माहागणपति अटो सेल्स […]


दीर्घकालीन लगानीको अवसर : एनआईसी एशिया बैंकको अर्को ऋणपत्र आउँदै

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । कुल चार अर्ब रुपैयाँ बराबरको “११% एनआई सी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको लागि बैंकले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।  ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया […]


साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने

पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ । “रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ,” पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताए । यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन । मन्त्री खानले साउदी अरेबियाबाट पाकिस्तानमा हुने लगानीप्रति कुनै […]


सुरु भयो विश्व लगानीकर्ता सप्ताह, विभिन्न कार्यक्रम गरी मनाइँदै

बैंकिङ खबर । सोमबारदेखि विश्व लगानीकर्ता सप्ताह सुरु भएको छ । सर्वसाधारणलाई सेयर बजारमा प्रवेश गराउन सचेतना जगाउन सुरु भएको सप्ताह नेपाल धितोपत्र बोर्डले विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।  सोमबार बोर्डले प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा सोमबार सम्पन्न प्रभात फेरिमा बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, ब्रोकर तथा लगानीकर्ताहरुको […]


७५० मेगावाटको पश्चिम सेती आयोजना अब नेपाली लगानीमै बन्ने 

सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले कुनै प्रगति नगरेको र पछिल्लो दिनमा आफैँ आयोजनाबाट बाहिरिने सङ्केत गरेपछि सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद […]


भारतको प्राथमिकताप्राप्त क्षेत्रमा ४० प्रतिशत बैंकिङ लगानी

रुपा कोइराला/बैंकिङ खबर । उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिका लागि नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बाध्यकारी व्यवस्था नै गरेको छ । कृषि, उर्जा, पर्यटन लगायतका उत्पादनमूलक क्षेत्रमा वाणिज्य बैंकहरुलाई कुल लगानीको २५ प्रतिशत लगानी गर्न निर्देशन दिइएको छ ।  नेपालको छिमेकी मुलुक भारतमा पनि निश्चित केही क्षेत्रमा बैंकिङ लगानीका लागि प्रोत्साहन गरिएको छ । भारतले […]


आगामी मार्च महिनामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

बैंकिङ खबर । नेपाल सरकारले आगामी मार्च महिनामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । असोज २ गते बसेको लगानी बोर्डको ३२ औं बैठकले अन्तर्रा्ष्ट्रिय लगानी भित्राउन सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । नेपालमा हुन लागेको यो तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन हो । यसअघि, वि.सं २०४६ सालको राजनैतिक परिवर्तन पश्चात नेपालमा लगानी सम्मेलन […]