वित्तीय सेवा प्रदायकको छनौट गर्दा यी कुरामा ध्यान दिऔं

(१) आफू बसेको ठाउँमा कुन चाहिँ वित्तीय सेवा प्रदायक उपलब्ध छ होला त भनेर बुझ्नुपर्छ । (२) त्यो वित्तीय सेवा औपचारिक हो वा हैन ? (३) तिनीहरूको समाजमा राम्रो प्रतिष्ठा छ कि छैन ? (४) के त्यहाँ तपाईंको धन सुरक्षित हुन्छ ? (५) तिनीहरूले के कस्ता वित्तीय सेवाहरू उपलब्ध गराउँछन् ? (६) वित्तीय सेवा उपलब्ध […]


यसरी गर्नुहोस् बचत

एक निश्चित समयावधिमा गरिने कुल आम्दानीमा खर्च गरेर बाँकी रहेको रकमलाई बचत भनिन्छ । खर्च गर्दा हामीले अत्यावश्यक खर्च, योजना बनाएको खर्च, कर्जा तिर्न, वैकल्पिक खर्च गर्न, आकस्मिक खर्च गर्न र व्यापार गर्न गरिने खर्च विभिन्न शीर्षकमा छुट्याएर मात्र गर्दा खर्च कम हुन्छ र धनको व्यवस्थापन सहज तरिकाले गर्न सकिन्छ । बचत रणनीति भविष्यको बचतको […]


खराब कर्जा (NPL) भनेको के हो ?

बैंकिङ खबर । बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन – non performing loan) अर्थात खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण […]


नेपालमा बैंकिङ कानून र ऐन २०७३ का मुख्य व्यवस्थाहरू

ज्ञानप्रसाद भुसाल बैंक एउटा सङ्गठित कानुनी व्यक्ति हो । कानुनद्वारा स्थापित हुने,कानुनबमोजिम यसका उद्देश्य कार्यान्वयन हुने र कानुनबमोजिम नै विघटन हुने संस्था हो । सर्वसाधारणको निक्षेप सङ्कलन गरी त्यसको समयिक भुक्तानीको प्रत्याभूती दिने, उक्त निक्षेपलाई विकासका विभिन्न आयामहरूमा लगानी तथा परिचालन गर्ने माध्यमका रूपमा बैंक रहेको हुन्छ । यस किसिमका बैंकहरूले राष्ट्र बैंकद्वारा पूर्वस्वीकृति लिई […]


लगानी कर्ताका लागि सेबोनका २० टिप्स

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका लागि २० वटा टिप्सहरु सार्वजनिक गरेको छ । विश्व वित्तीय सप्ताहका अवसरमा सेबोनले लगानीकर्ताहरुका लागि २० वटा टिप्सहरु सार्वजनिक गरेको हो । हेर्नुहोस् २० टिप्स धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् […]


बैंकिङ तरलतामा रिपो र रिभर्स रिपोको भूमिका

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको  समयावधिको लागि तरलता […]


पैसा तिर्दिन भनेर आन्दोलन गर्नु विशृंखल प्रवृतिः डेपुटी गभर्नर मिश्र

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कोभिडपछि नेपालमा डिजिटलले छलाङ मारेको बताएका छन् । मिडिया इन्टरनेशनल नेपालले शुक्रबार काठमाडौं भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘बैंकिङ एण्ड फाइनान्सियल डिजिटल एक्स्पो कार्यक्रममा’ प्रमुख अतिथि डेपुटी गभर्नर मिश्रले डिजिटल माध्यमलाई प्रमोशन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । उनले भने, ‘राष्ट्र बैंकले डिजिटल लिट्रेसी कार्यक्रमलाई स्कुल […]


जोखिम के हो ? वित्तीय संस्थाहरुका जोखिम के हुन् ?

कृष्ण बाबु घिमिरे सामान्य भाषामा भविष्यमा हुन सक्ने क्षति हानी नोक्सानी वा अनिश्चितताको अवस्था नै जोखिम हो । यो सम्भावना वा अनिश्चितता बीचको अवस्था हो । जोखिमको अर्थ भन्नि भिन्न पक्षको लागि फरक–फरक हुन सक्छ । गाडी, घोडा चढ्नेहरुका लागि जोखिम भन्नसाथ दुर्घटनालाई जनाउँछ । त्यसै गरी खेलाडिको लागि जोखिमले खेलमा हार्ने सम्भावनालाई जनाउँछ । […]


मोबाइल बैंकिङ तथा साइबर सुरक्षाबाट कसरी जोगिने ?

बैंकिङ खबर/ पछिल्लो एक वर्षमा ३८ लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्। गत पुसयता वाणिज्य, विकास बैंक र वित्त कम्पनीबाट मोबाइल बैंकिङ लिनेको संख्या ३८ लाख ४० हजार ९५२ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यस्तो सेवा प्रयोगकर्ताको कुल संख्या दुई करोड ५३ हजार ४२० रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको पुसमा […]


के हो वस्तु विनिमय बजार ?, कारोबार गरे कारबाही

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय नगर्न वा नगराउन आग्रह गरेको छ । बोर्डले वस्तु विनिमय बजार सञ्चालनको लागि हालसम्म कुनै कम्पनीलाई अनुमति नदिएको हुँदा सो कार्य नगर्न वा नगराउन जानकारी गराएको हो । पछिल्लो समयमा वस्तु विनिमय बजारसम्बन्धी कारोबार हुनथालेको सूचना आउनथालेपछि बोर्डले सूचना जारी गर्दै कसैले कारोबार गरेको […]