गुराँस, युनियन र प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ बाट

बैंकिङ खबर/गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही वैशाख २६ गतेबाट हुने भएको छ । तीन कम्पनी आपसमा गाभिएपछि ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको छ। यी कम्पनी १ः१ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत वैशाख १९ गते, नेपाल बीमा प्राधिकरणले वैशाख १३ […]


नेपाल लाइफ २३ औँ वर्षमा

बैंकिङ खबर/नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरुले गर्नु भएको विश्वास, […]


९ महिनामा जीवन बीमा कम्पनीहरुद्वारा १ खर्ब बढीको व्यवसाय

बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ९ महिना (चैतसम्म)मा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रूपैयाँ बराबरको व्यवसाय गरेका छन। जुन गत वर्षको सोही अवधिको तुलनामा २.२५ प्रतिशतले धेरै हो। गत वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ व्यवसाय गरेका थिए । नेपाल […]


जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत

बैंकिङ खबर/ चालू आर्थिक वर्ष २०७९/०८० मा कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। साथै, आर्थिक वर्षमा ७.२९ प्रतिशतले मूल्यअभिवृद्धिमा वृद्धि हुने अनुमान गरेको छ ।


गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३ लाखको मृत्यु दाबी भुक्तानी

बैंकिङ खबर/गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरी मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । क्षेत्रीय कार्यालय नेपालगञ्जका […]


उन्नति सहकार्य लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा रकम प्रदान

बैंकिङ खबर/रुपन्देहीस्थित उन्नति सहकार्य लघूवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलूहीले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ । यस संस्थाले स्थानीय महिलाहरुको समुह बनाई उक्त समुहमार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्तर्गत तिलोत्तमा ११ स्थित उन्नति भूपु सैनिक महिला समुह ख को सदस्य सुन्तलीदेवी खत्री क्षेत्रीको अल्पायूमै कालगतिले निधन […]


आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । बोर्डले कम्पनीहरुलाई गाभ्ने/गाभिने सम्बन्धी अन्तिम स्वीकृति दिएको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशका, २०७९ को दफा ८ को उपदफा(४) बमोजिम गाभ्ने/गाभिने अन्तिम स्वीकृति दिएको बोर्डले जनाएको छ । कम्पनीहरुले गाभ्न/गाभिन वा […]


चुक्ता पुँजी बढाउन बीमा कम्पनीलाई ३ महिना थप

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले तोकेको समयावधिमा चुक्ता पुँजी पुर्‍याउन नसक्ने बीमा कम्पनीहरुलाइ थप समय दिएकाे छ । कम्पनीहरुलाई प्राधिकरणले अझै ३ महिनाको थप गरिदिएको हो। जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउनुपर्ने मापदण्ड तोकिएको छ। यसअघि प्राधिकरणले गत चैतभित्र चुक्ता पुँजी त्यति पुर्‍याउन निर्देशन नदिएको थियो। […]


महालक्ष्मी र प्रभु लाइफको एकीकृत कारोबार असार मसान्तमा

बैंकिङ खबर/ महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार असारमसान्तभित्र हुने भएको छ। नेपाल बीमा प्राधिकरणबाट यी दुई कम्पनीको एक्चुअरी भ्यालुएसन स्वीकृत भएर नआएकोले एकीकृत कारोबारको लागि ढिलाई भएको हो। महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार असारमसान्तभित्र सुरु हुने भएको छ। यी दुई कम्पनीले आन्तरिक तयारी […]


यूनियन लाइफको विशेष साधारणः मर्जर लगायतका विशेष प्रस्ताव अनुमोदन

बैंकिङ खबर/ यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा बुधबार भैरहवामा सम्पन्न भएको छ । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ । त्यसैगरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको […]