माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग

बैंकिङ खबर/माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित […]


राष्ट्र बैंकको निर्देशन विपरीत कर्जा प्रवाह गर्ने रिलायन्स फाइनान्स कारबाहीमा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्सलाई कारबाही गरेको छ । ऋणीको व्यवसायिक क्षमता भन्दा बढी हुने गरी नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कर्जा प्रबाह गरेको पाइएपछि कारबाहीमा परेको हो । यस्तै फाइनान्सले कर्जाको परियोजना सन्तोषजनक नरहेको, संस्थाबाट प्रवाहित कर्जा पुरानो ऋणीको कर्जा चुक्ता गर्न प्रयोग भएको र बाँकी रकम समेत सम्बन्धित परियोजनामा उपयोग नभई […]


आइएमई पे एपमा १ रुपैयाँको खेल, उपहारमा अल्टिमा लाइफस्टाइलका प्रडक्टहरु

बैंकिङ खबर/ नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले यही माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आबद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार […]


५१ करोड रुपैयाँ पुग्यो गरिमा विकास बैंकको नाफा

बैंकिङ खबर/गरिमा विकास बैंकले ५१ करोड रुपैयाँ माथि नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्ष बैंकको यस्तो नाफा ५० करोड २१ लाख रुपैयाँ रहेकोमा यस वर्ष १ करोड ४ लाख रुपैयाँले बढेको हो । पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफामा भने […]


राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

  बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन् । बैंकको ५९औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रमको शनिबार आयोजना गरिएको छ ।   बैंक सञ्चलक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५९औं […]


लक्ष्मी सनराइज बैंकद्वारा ‘ई-कमर्स अक्वायरिङ’ सेवा सुचारु

बैंकिङ खबर/ लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र भीजाको को सहायक संस्था, साइबारसोर्स संगको सहकार्यमा विकास गरेको हो । यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार […]


हुण्डी र क्रिप्टो कारोबार गरेको आरोपमा २ करोड नगदसहित पक्राउ

बैंकिङ खबर/हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन्। अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोड लगायतका क्षेत्रबाट राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवालको समूहले हुण्डी र क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरुको […]


माछापुच्छ्रे बैंकको ६ महिनामा ८० अर्ब ५३ करोड खुद नाफा

बैंकिङ खबर/ चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकको नाफा करिब २१ प्रतिशतले घटेको छ। यस अवधिसम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब २ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले पहिलो त्रैमासमा भन्दा दोस्रो त्रैमासमा कम नाफा गर्दा समर्ग्र नाफामा गिरावट […]


लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग

बैंकिङ खबर/लुम्बिनी विकास बैंक लिमिटेडले साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा एकेडेमी पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप २ लाख ४४ हजार ८ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितीका […]


कामना विकास बैंकले गर्‍यो २५ करोड ८९ लाख नाफा

बैंकिङ खबर/चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म कामना विकस बैंकको खुद नाफा ३२ दशमलव १९ प्रतिशतले बढेको छ। पुस मसान्तसम्म आइपुग्दा बैंकको नाफा ३२.१९ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको हो। गत आवको सोही अवधिमा बैंकको नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ थियो । यो अवधिमा बैंकको […]