एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने प्रयास

बैंकिङ खबर/पोखरास्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने वर्ष १९ को नरेश पुन मगर रहेका छन् । यही असार ३१ गते राति पोखराको न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटीएम मेशिन फोर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । मगरलाई […]


मुक्तिनाथ विकास बैंकद्वारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले पोखरा नगरपालिका–३०, खुदी, ढुङ्गेपाटन स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई आवश्यक पर्ने ५,००० लिटरको एक थान पोलिथिक टङकीका खरिद गर्नका लागि रु. ५५,०६९।– बराबरको आर्थिक सहयोग एक कार्यक्रम बीच उक्त संस्थाका पदाधिकारीहरुको रोहवरमा हस्तानतरण गरेको […]


सेञ्चुरी बैंकको निक्षेप १ खर्बभन्दा माथि

बैंकिङ खबर/ सेञ्चुरी कमर्सियल बैंकले आव २०७८÷०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९६ अर्ब ९९ करोड रुपैयाँ थियो । यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष […]


बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालको ‘रिटायरमेण्ट एट फिप्टी’ पुस्तक बजारमा

बैंकिङ खबर/ नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा तथा सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले ‘रिटायरमेण्ट एट फिप्टी’ पुस्तक ल्याउनु भएको छ । नेपालको कान्छो वाणिज्य बैंक सानिमा बैंकदेखि नबिल बैंक तथा बैकर्स संघको अध्यक्ष बन्दाको विषय पुस्तकमा समेटिएको छ । पुस्तकमा नेपाल बैंकर्स संघको अध्यक्ष हुँदा संघीय संसदको अर्थ समिति, अर्थ मन्त्रालय, […]


गभर्नरको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ । आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयअगाडि गरिएको प्रदर्शनका क्रममा केही व्यक्ति पक्राउ परेका छन् । सत्तारूढ दल नेपाल कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र […]


एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’: साउन मसान्तसम्म निरन्तरता

बैंकिङ खबर/ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम जनमानसको विश्वास जित्न सफल यस एन आई सी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको सर्वविदितै छ । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक महानुभावहरू लक्षित गरेर […]


विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई बैंकको आग्रह

बैंकिङ खबर/ विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा […]


बैंक तथा वित्तीय संस्था खुला

  बैंकिङ खबर/ शनिबार सार्वजनिक विदाको दिन भए पनि बैंक तथा वित्तीय संस्था खुला रहेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राजस्वमा सहयोग गर्न भन्दै बैंक शाखा खुला राख्न निर्देशन दिएको हो। जसअनुसार बैंक खुला रहेका छन् । त्यस्तै नेपाल क्लियरिङ हाउससमेत खुल्ला रहेको छ ।  


बैंकिङ कसुरः छैसठ्ठी लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ खबर/ बैंकिङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनको नामको बैङ्क खाताको चेकबाट रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरमा गत […]


साप्ताहिक हाइलाइट्स : गभर्नर विवाददेखि डेढ अर्ब कर छलीसम्म !

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले […]