विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य

बैंकिङ खबर/ विदेश जाने नेपालीले मुद्रा साट्नका लागि बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० का मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था बारे जानकारी दिएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्राएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्थाका लागि समेत […]


एनसीसी बैंकद्वारा “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा

बैंकिङ खबर/ नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)ले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने […]


मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ । यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा […]


मौद्रिक नीति दिउँसो ४ बजे सार्वजनिक गरिने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नुहुनेछ ।  गभर्नर अधिकारीले आज बिहान सवा ८ बजे सञ्चालक समितिको बैठक बोलाउनुभएको थियो।


मुक्तिनाथ विकास बैंक ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

बैंकिङ खबर/ कर्पोरेट म्यागजिनद्वारा आयोजित ‘कर्पोरेट बिजनेस एक्सीलेन्सी अवार्ड २०२२’ बाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । काठमाडौंमा २०७९ साउन तीन आयोजना भएको कार्यक्रमबिच मुक्तिनाथ विकास बैंक उत्कृष्ट विकास बैंकको वर्गमा पुरस्कृत भएको हो । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । उक्त सम्मान पाएकोमा बैंकलाई र […]


एटिएम मेसिन फोरेर १५ लाख चोरी

बैंकिङ खबर/ पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिनुभयो । उहाँले […]


‘बैंकर्स क्लब तौलिहवा’ को नयाँ कार्यसमिति चयन

बैंकिङ खबर/ कपिलवस्तु नगरपालिका तौलिहवास्थित बैंक तथा वित्तीय सन्स्थाहरुमा कार्यरत शाखा प्रबन्धकहरुको साझा समूह फोरम “बैंकर्स क्लब तौलिहवा” को  नयाँ कार्यसमिति चयन भएको छ ।   नयाँ कार्यसमितिको  अध्यक्षमा गुहेश्वरि मर्चेण्ट बैकिङ एण्ड फाइनान्सका शाखा प्रबन्धक नवीन बहादुर श्रेष्ठ चयन हुनुभएको छ । यस्तै  उपाध्यक्षमा इन्भेषटमेण्ट एण्ड फाइनान्सका राजीव श्रीवास्तव, सचिवमा ग्लोबल आइएमइ बैंकका प्रकाश […]


शाखा विस्तारमा अब्बल बन्दै प्रभु बैंक : २१६ औं शाखा बरादिमा

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ०१ स्थित बरादिमा २१६ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको बरादि शाखा कार्यालयको समुद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गर्नु भएको हो । प्रमुख अतिथि शान्ति शेरचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल […]


गाउँपालिकाले बालिकाहरुको खोलिदियो बैंक खाता

बैंकिङ खबर/ बाँकेको डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार हरेक छोरीको खातामा रु १० हजार बैंकमा जम्मा हुन्छ । सो […]


कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच सम्झौता

बैंकि खबर/ कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए–१ लभली स्टारका […]