रादी विद्युतको हकप्रद निष्कासन

बैंकिङ खबर/रादी विद्युत कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ । कम्पनीले १ः१.४७५२ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर निश्कासन गरेको हो । सेयरधनीहरुले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.४७५२ अनुपातमा हकप्रद सेयर खरीदका लागि आजदेखि आवेदन दिनसक्नेछन् । हकप्रद सेयर निष्कासन प्रयोजनकै लागि कम्पनीले भदौ १२ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । […]


धितोपत्र बोर्ड र नेप्सेलाई सात दिन भित्र प्रगति विवरण बुझाउन अर्थ समितिको निर्देशन

बैंकिङ खबर/ नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले अघि बढाएको कार्यको पूर्ण विवरण पेस गर्न संसद्को अर्थ समितिले निर्देशन दिएको छ। गत भदौ ३१ गते लेखेको पत्रको जबाफ सात दिन भित्र दिन समितिले भनेको छ। नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने […]


सिक्लेस हाइड्रोपावरको आईपीओ भर्नुभयो ?, आज अन्तिम दिन

बैंकिङ खबर/सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको […]


कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ११ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशनमा ल्याएको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको […]


पिपुल्स हाइड्रोपावरको आईपीओको आवेदन खुला

बैंकिङ खबर/ पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा […]


सिक्लेस हाइड्रोपावरको आईपीओ खुला

बैंकिङ खबर/ सिक्लेस हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका […]


इष्टर्नको आईपीओमा आवेदन दिने अन्तिम दिन

बैंकिङ खबर/ इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता […]


नयाँ स्टक एक्सचेन्जमा विदेशी संस्थाले पनि लगानी गर्न पाउने

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड सेबोनले विदेशीमा धितोपत्र बजार सञ्चालन गरिरहेका कम्पनी वा संगठित संस्थाले पनि नेपालको धितोपत्र बजार स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। सेबोनले सरकारको स्वीकृतिमा धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले धितोपत्र […]


श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

बैंकिङ खबर/ श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कमलपोखरी, काठमाडौंस्थित आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो। मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १८ लाख ३८ हजार ७ सय ५१ जना आवेदन मध्ये योग्य आवेदक १८ लाख […]


धितोपत्र बजारबाट एक महिनामा ४२ करोड बढी पुँजीगत लाभकर संकलन

बैंकिङ खबर/ धितोपत्र बजारबाट चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ४२ करोड ६ लाख ४३ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । धितोपत्रको दोस्रो कारोबार गरी नाफा कमाएका लगानीकर्ताबाट सरकारले अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबाट सो रकम संकलन गरेको हो । धितोपत्र बोर्डको राफसाफ गर्ने प्रणाली सिडिएससी क्लियरिङ लिमिटेडका अनुसार सरकारले दीर्घकालीन लगानीकर्ताबाट १५ करोड ७० लाख […]