प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/प्रभु बैंकले १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । संस्थापक सेयरधनीमा बिक्री नभएको सेयर बैंकले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिदको लागि […]


बैंकहरुले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नपाउने

बैंकिङ खबर/बैंकहरुले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नदिने निर्णय गरेको हो। अहिले बैंकहरुले स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउँथे। यसअघिका अर्थमन्त्री प्रकाशशरण महतले ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने निर्णय गरेको […]


बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघ्यो

बैंकिङ खबर/ बैंकिङ प्रणाली तरलता लगातार बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघेको छ। तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप चैत १७ गतेसम्म बढेर ६२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। चैत १५ गतेसम्म कुल निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो। दुई दिनको अवधिमा निक्षेप ८ […]


ऊर्जामा वाणिज्य बैंकहरुको लगानी सवा ३ खर्ब, कुन बैंकको कति ?

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा कुल लगानीको ७.३१ प्रतिशत लगानी गरेको पाइएको छ । माघ मसान्तसम्ममा बैंकहरुले ४४ खर्ब ९२ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले माघमसान्तसम्ममा गरेको समग्र कर्जामध्ये उर्जा क्षेत्रमा मात्रै ३ खर्ब २८ अर्ब ५३ करोड १४ लाख ४० हजार रुपैयाँ लगानी गरेका छन् । […]


गणपति लघुवित्तद्वारा एकै दिन चार वटा शाखामार्फत फरक–फरक शिर्षकका सदस्य सीप विकास तालिम सम्पन्न

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उदेश्यले चार वटा शाखामार्फत फरक–फरक शिर्षकका एक दिवशीय तालिम सम्पन्न गरेको छ । शाखा कार्यालय बिजयपुर कास्कीले एक दिने व्यवसायिक तरकारी खेती तालिम पोखरामा सम्पन्न गरेको छ । उक्त तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले गरेका थिए भने […]


राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति साढे १८ खर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले चालू वर्षको आठ महिनामा पौने ३ खर्बको सम्पत्ति थपेको हो। गत असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ मौज्दात थियो। फागुन मसान्तसम्म आइपुग्दा यस्तो सम्पत्ति २ खर्ब ७१ अर्ब रुपैयाँले थप भएर १८ अर्ब ५९ […]


विकास बैंकको खराब कर्जा बढ्दो, कुनकाे कति ?

बैंकिङ खबर/ विकास बैंकहरूकाे खराब कर्जा ह्वात्तै बढेकाे छ । विकास बैंकहरूमध्ये सबैभन्दा बढी खराब कर्जा अनुपात नारायणी डेभलपमेन्ट बैंकको रहेको छ । राष्ट्र बैंकले प्रकाशन गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यस बैंकको सबैभन्दा बढी खराब कर्जा रहेको हो । बैंकको कुल खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ । गत आवको पुस मसान्तसम्ममा […]


३९ अर्बले बढ्यो नगद प्रवाह

बैंकिङ खबर/ चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह ३९ अर्बले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । तर, फागुन मसान्तसम्म आइपुग्दा यस्तो नगद प्रवाह बढेर ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ […]


एआईआईबीको टोलीसँग राष्ट्र बैंकको ‘ब्रिफिङ’ : ‘नेपालमा लगानीको वातावरण सहज छ’

बैंकिङ खबर/नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच मंगलबार भेटवार्ता भएको छ। एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्रसहित बैंकका अधिकारीहरूसँग भेटवार्ता गरेको हो। भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य […]


एकैदिन रु.६ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?

बैंकिङ खबर/  बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा बिहीबारसम्म बढेर ६१ खर्ब ९२ अर्ब पुगेको हो। त्यस्तै बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५० खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा बिहीबारसम्म घटेर ५० […]