बैंकिङ प्रणालीमा शंकास्पद कारोबार बढ्यो

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा भइरहेको शंकास्पद कारोबार बाहिर आउन थालेको छ। नेपाल राष्ट्र बैंकले नजिकबाट हेर्न थालेपछि शंकास्पद कारोबारका संख्या पहिलेभन्दा निकै बढेको देखिएको हो। नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदनले शंकास्पद कारोबारका संख्या बढ्दै गइरहेको उल्लेख गरेको छ। गत आर्थिक वर्ष बैंक तथा […]


बैंकको खुद ब्याज आम्दानी १७% ले बढ्यो

बैंकिङ खबर/ चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको खुद ब्याज आम्दानी १७.१ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी १७.१० प्रतिशतले बढेर ९६ अर्ब २९ करोड ७६ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ८२ अर्ब २२ […]


बैंकहरुको बढ्दो खराब कर्जा

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । बैंकहरूले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार धेरैजसो वाणिज्य बैंकको खुद नाफा घटेको हो भने खराब कर्जा बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वाणिज्य बैंकले २८ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत […]


उच्च पदस्थ व्यक्तिहरुको नाम र तस्वीर दुरुपयोग, सचेत रहन राष्ट्र बैंकको आग्रह

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले उच्च पदस्थ व्यक्तिहरुको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्स एप, म्यासेन्ज, भाइबर खाता संचालन गरिएको भन्दै सरोकारवाला सबैको ध्यानकर्षण गराएको छ । बैंकले उच्च पदस्थ व्यक्ति, संस्था प्रमुखको नाम र तस्बिर दुरुपयोग गर्दै खोलिएको ह्वाट्स एप, म्यासेन्ज, भाइबर खाताबाट विभिन्न बाहानामा रकम पठाइदिने सन्देश पठाउने गरेको भन्दै सबैलाई सचेत रहन आग्रह […]


विकास बैंकको नाफामा दोहोरो प्रतिशतले गिरावट

बैंकिङ खबर/ अधिकांश विकास बैंकहरुको नाफा दोहोरो प्रतिशतमा घटेको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जा असुली प्रभावित हुँदा विकास बैंकको नाफामा त्यसको असर पुगेको हो । यस्तै यस अवधिमा विकास बैंकहरुको कर्जा विस्तारमा समेत सुस्तता छाएको छ भने कर्जा लगानी घट्दा खुद ब्याज आम्दानीसँगै नाफा घट्न पुगेको हो । पुससम्मकाे अपरिष्कृत वित्तीय विवरणका अनुसार […]


राष्ट्र बैंकले साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने दुई किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको […]


बैंकहरुको नाफा ३ अर्ब १७ करोडले खुम्चियो

बैंकिङ खबर/ नेप्सेमा सूचिकृत २० वटै वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म बैंकहरुले गरेको आर्थिक कारोबार कर्जा लगानीबाट प्राप्त ब्याज आम्दानी, बैंक सञ्चालन खर्च लगायत विविध खर्च–आम्दानीलाई हेर्दा कमजोर पर्फमेन्स् प्रहर्सन देखिएको हो । बैंकहरुले जारी गरेको वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको दोस्रो […]


कृषि क्षेत्रमा लगानी अझै बढाउन गभर्नर अधिकारीको सुझाव

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । कृषि विकास बैंकको आज काठमाडौँमा आयोजित ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनतर्फ केन्द्रित गरी सेवा प्रवाहमा चुस्ततामा लगाउन सुझाव दिए […]


तीन विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको भन्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ती संस्थालाई कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्ने वित्तीय संस्थाहरुमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास […]


राष्ट्र बैंकको सहुलियतले पनि घटेन बैंकहरुको खराब कर्जा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कर्जा पुनसंरचना तथा पुनतालिकिकरण गर्ने व्यवस्था गरेको भए पनि त्यसले पनि बैंकहरुको खराब कर्जा घटाउन नसकेको देखिएको छ। राष्ट्र बैंकले ११ क्षेत्रका कार्जाको पुनसंरचना तथा पुनतालिकीकरण गर्न सकिने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा पुनसंरचना तथा […]