औसत डेढ प्रतिशत बिन्दुले घट्यो कर्जाको ब्याजदर

बैंकिङ खबर/कर्जाको ब्याजदर औसत डेढ प्रतिशत बिन्दुले घटेको छ। वार्षिक बिन्दुगत आधारमा कर्जाको ब्याजदर १.४१ प्रतिशतले घटेको हो। चालु आवको ६ महिना पुस मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर औषत १.४१ प्रतिशतले घटेर ११.३८ प्रतिशतमा आएको छ। योसँगै पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १.४१ प्रतिशतले घटेको देखिएको हो। २०८० पुसमा वाणिज्य बैंकहरुको औसत कर्जाका ब्याजदर ११.३८ प्रतिशत, […]


राष्ट्र बैंकमा जागिरः २ हजार ४५४ जनाको आवेदन पुनः सच्याएर भर्न सुचित

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका रोजगारी खोज्ने २ हजार ४५४ जनाले अनलाइन मार्फत मागिएको फर्म नै भर्न जानेनन् । त्यसैले राष्ट्र बैंकले ती आवेदकले भरेको अनलाइन फर्ममा तोकिएको विवरण पेश नगरेको र आवश्यक कागजत प्रविष्ट नगरेको भन्दै पुनः आवेदन सच्याएर भर्न सुचित गरेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार विज्ञापन नम्वर ११/२०८० देखि […]


राष्ट्र बैंकले अवकाश कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा राख्ने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेपको रूपमा राख्ने भएको छ । बैंकले २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म कूल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी(मुद्दती निक्षेप) मा राख्ने भएको हो । बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय […]


मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको तयारीमा रहेको छ । अबको एक हप्ताभित्र दोस्रो समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकले तयारी गरेको छ । विद्यमान नीतिको प्रभाव र अबको आवश्यकताबारे अध्ययन तथा छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ। मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत केहि सहजता ल्याउने प्रयास गरेपनि अपेक्षा गरेअनुसारको आर्थिक गतिविधि हुन […]


बैंकहरुमा करिब साढे २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको करिब साढे २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको २ अर्ब ४५ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। जसमा पेन्सन कोषको २ अर्ब २० करोड रुपैयाँ र सुरक्षण […]


राष्ट्र बैंकको प्रतिवेदन : कोशीमा किबी खेती गर्दा बढी लाभ, किसानलाई कर्जा आवश्यक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा किबी खेती गर्दा किसानलाई तुलनात्मक लाभ बढी रहेको, तर त्यस निम्ति सहुलियतपूर्ण कर्जा प्रवाह वृद्धि गर्न आवश्यक रहेको जनाएको छ । केन्द्रीय बैंकले ‘कोशी प्रदेशमा व्यवसायिक किबी खेतीको अवस्था, सम्भावना र चुनौतीहरू’ शीर्षकमा विशेष अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इलाम बाहेक प्रदेशका ५८ प्रतिशत किसानहरू करिब दशकयता किबी फल […]


रु. १२ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले १८२ दिने ७ अर्ब रुपैयाँ र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ साउन २२ गते र २०८१ माघ २२ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल माघ २३ गते जारी हुनेछ। […]


निक्षेप संकलनको ब्याजदर उच्च

बैंकिङ खबर/ निक्षेप संकलन उपकरणको ब्याजदर यो बर्षकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट पछिल्ला ३ दिनमा ६६ अर्ब रुपैयाँ तरलता खिचेपछि बैंक तथा वित्तीय संस्थाबाट केन्द्रीय बैंकले लिने निक्षेपको ब्याजदर बढेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गरी अन्तर बैंक ब्याजदरलाई स्थिर राख्नका लागि निक्षेप संकलन उपकरण […]


एकै दिन निक्षेप ३ अर्बले वृद्धि हुँदा कर्जा ३ अर्बले घट्यो

बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ६१ खर्ब ३८ अर्ब रहेको निक्षेप मंगलबारसम्म ६१ खर्ब ४१ अर्ब पुगेको हो। त्यस्तै सोमबार सम्म कर्जा प्रवाह ५० खर्ब ८४ अर्ब रहेकोमा मंगलबार ५० खर्ब ८१ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह ३ […]


विदेश निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ : अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। बिहीबार निर्यात व्यवसायी महासंघ नेपाल (फीन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको बताए। अर्थमन्त्री डा.महतले महासंघको भूमिकाको […]