August 20th, 2019

स्वदेशी लघुवित्तमा रोजगारीको अवसर, कस्तो चाहिन्छ योग्यता ?

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले सहायक प्रबन्धक र नायब अधिकृत पदका लागि भ्याकेन्सी खुलाएको छ । संस्थाले एक जना सहायक प्रबन्धक र केही संख्यामा नायब अधिकृत मागेको हो ।

सहायक प्रबन्धक(विभागीय प्रमुख आ.ले.प.)का लागि चार्टर्ड एकाउन्टेन्ट र नायब अधिकृतका लागि सेमि क्वालिफाइड सीए मागेको छ । आवेदन दिने म्याद यही भदौ १७ गतेसम्म रहेको छ । सहायक प्रबन्धकका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेका र नायव अधिकृतका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]