July 21st, 2019

‘सिइओ पदको लोभमा होइन, दक्षताको आधारमा काम गर्नुपर्छ’

पर्शुराम कुँवर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत, जनता बैंक नेपाल लिमिटेड । बैंक तथा वित्तीय संस्थाको मर्जर भनेको धेरै ठुलो काम हो । अर्थतन्त्रको र समयको आवश्यकता अनुसार बैंकहरु मर्जर भइरहेका छन् र भोलिका दिनमा पनि हुन्छन् । ठुलो काम गर्दै जादाँ कर्मचारी समायोजन, कार्यसमितिको प्रमुख पदमा को हुने जस्ता सानो तिनो झन्झटमा अल्झिनु हुदैन् । साना तिना समस्याहरुलाई सुल्झाउदै ठुला चुनौतीहरुलाई जित्नुलाई नै व्यवस्थापन टिम बनाइएको हो । अहिले सबै जसो बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती भएर नै संचालित छन् । मर्जरका अभ्यासहरु गरेर नै अगाडि बढेका छन् ।

नेपालको बैंकिङ क्षेत्रमा संचालित बैंकहरु आवश्यकता भन्दा धेरै छन् । नियमनकारी निकायको निर्णयलाई सबैले सकारात्मक रुपमा नै लिएर त्यसको पालना गर्नुपर्छ । मर्जर पछि देखिने चुनैतीहरु धेरै छन् । हाल मुख्य रुपमा शाखा तथा कर्मचारी समायोजनलाई पनि लिइएको छ । कर्मचारीहरुमा मर्जर पश्चात आफ्नो पद के होला भन्ने लगायत रिटायरमेन्ट चाडैँ होला भन्ने भय पनि रहेको छ । तर यसमा आत्तिनु पर्ने कुरा उनीहरुलाई छैन् । नेपाल सरकार तथा राष्ट्र बैंकले पनि नीति बनाएको छ, यस सम्बन्धमा । मर्जरमा गएका संस्थाहरुको कर्मचारीहरुले स्वइच्छाले राजिनामा दिन सक्छन् उनीहरुलाई जर्वरजस्ती हुदैन ।

मर्जर भएका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अन्य प्रमुख कार्यसमिति पदमा रहेका अधिकृतहरुमा पद मोहका कारण जागिर नै छोडेर घरमा नै बसेका छन् । सानो संस्थाका ठुलो पदमा बस्नु भन्दा ठुलो संस्थाको तल्लो पदको कार्यभर समाल्नु नै ठुलो कुरा हो । २ वटा संस्था मर्जर हुँदा ठुलो संस्था बन्छ ।

सानो संस्थामा सिइओ पद सम्हालेको मान्छेले मर्जर भएको संस्थामा डेपुटी सिइओ अथवा ३÷४ स्तरका पदमा बसेर काम गर्दिन भनेर घर बस्नु भनेको मुर्खता हो । अनुभवको आधारमा र कार्यदक्षताको आधारमा पदभार सम्हालेर अगाडि बढ्नु पर्छ । पदमोहमा घमाण्ड गरेर घर बस्दा बैंकिङ क्षेत्रबाट पनि दक्ष जनशक्ति बाहिरन्छ भने स्वयम व्यक्तिको व्यक्तित्वमा पनि नकारात्मक असर पर्छ । बैंकिङ क्षेत्रमा योगदान दिन पद होइन धर्यता र कार्यदक्षता चाहिँन्छ । जुनै पदमा रहेर पनि काम गर्न सक्ने र इच्छा शक्ति भएको व्यक्तिले मात्र प्रगति गर्ने गर्न सक्छ ।

यो भन्दा अगाडि क वर्गका वाणिज्य बैंकहरुले ख, ग, घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ती गरि राष्ट्र बैंकले तोकेको पुँजी वृद्धि गरेको थियो । मर्जर सम्वन्धी सबै बैंक तथा वित्तीय संस्थाहरुलाई राम्रो अनुभव भइसकेको छ । अन्य वर्गका वित्तीय संस्थाहरुसंग सफल मर्जरको अभ्यास गरिसकेका बैंकहरुलाई यो मर्जर नीतिमा आत्तिनु पर्ने अवस्था केही छैन् ।

बिग मर्जर भनेर अहिले २ वाणिज्य बैंकबिच मर्जर गराउन राष्ट्र बैंक नेपाल र सरकारले ठुला बैंकहरुको संख्या घटाउन खोजेको हो । वाणिज्य बैंकहरु नै एक आपसमा मर्जर हुदाँ पहिले भएका मर्जर भन्दा सहज हुन्छ । वाणिज्य बैंकहरुको कारोबार देखि धेरै वित्तीय परम्पराहरु मिल्ने हुन्छन् । केही अप्ठ्याराहरु भएता पनि अहिले मर्जरलाई पुर्णता दिन गाह्रो भने छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]